साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

गुणरस भरिएका फूल हुन् वृद्ध वृद्धा कसुर कसर फाल्ने मूल हुन् वृद्ध वृद्धा हडबड सब छाडी धीरताका निसान परम सुख दिने यी प्राणझैँ हुन् तमाम ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जति छ सफर लामो जोसमा हौ नथाक
वय अझ खँदिलो होस् भित्रभित्रै नपाक
मनभरि नबजाऊ घन्टको नाद धेर
वरिपरि कति वृद्धा वृद्ध हाँस्छन् रमेर ।। १

जति गर मन बढ्दै जान्छ खाँचो भरिन्न
कपट छ तन भित्रै सुक्ख सन्तोष हुन्न
फगत छ धनमा नै ध्यानको बास तिम्रो
गलित मन त्यसैले पार्छ सारै नराम्रो ।। २

प्रतिपल बस वृद्धा वृद्धका छेउ नेर
अगणित शुभ वार्ता लागु गर्नू गमेर
सररर नतिजाका खुल्न सक्छन् मुहान
मन मगज बराल्ने शोच ती व्यर्थ ठान ।। ३

सकुशल हुन सक्छौ भोक तिर्खा नखप्ता
वय पनि तरुनो नै हुन्छ चिन्ता नपर्दा
विगत कति हरिया पूर्ण लाग्थे वसन्त
सुखकर दिन हुन् यी शुद्ध सायुज्य सन्त ।। ४

प्रकृति प्रगति हो यो घुम्छ आफैँ फनन्न
तरुणवय कसैको टक्क रोक्नै सकिन्न
फल पनि जब काँचो हुन्छ खाला र कल्ले ?
जब जब सब पाक्छन् खान थाल्छन् सबैले ।। ५

गुणरस भरिएका फूल हुन् वृद्ध वृद्धा
कसुर कसर फाल्ने मूल हुन् वृद्ध वृद्धा
हडबड सब छाडी धीरताका निसान
परम सुख दिने यी प्राणझैँ हुन् तमाम ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
0
Would love your thoughts, please comment.x
()
x