साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुमन किरणकृत ‘यादहरूको बहिर्गमन’ कविताकृति लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रकाशन र आयोजनामा यसका अध्यक्ष छविरमण सिल्वालको सभापतित्व र प्रसिध्द गद्यकवि शैलेन्द्र साकार प्रमुख आमन्त्रित आतिथ्य थिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ असार १२ । जुमन किरणकृत “यादहरूको बहिर्गमन” कविताकृति लाेकार्पण गरियाे ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रकाशन र आयोजनामा यसका अध्यक्ष छविरमण सिल्वालको सभापतित्व र प्रसिध्द गद्यकवि शैलेन्द्र साकार प्रमुख आमन्त्रित आतिथ्य थिए ।

प्रोल्लास सिन्धुलीय, श्रीओम श्रेष्ठ रोदन, समीक्षक कृष्ण प्रधान, कलानिधि दाहाल, कृतिकार जुमन किरण, यिनकी आमा सान्नानी राना मगरको विशिष्ट आतिथ्यमा प्रदीप सापकोटाको सटिक उद्घोषण रह्यो।

पूर्णबहादुर श्रेष्ठको स्वागत मन्तव्यपछि कृति लोकार्पणलगत्तै प्रोल्लास सिन्धुलीय र श्रीओमले शुभकामना मन्तव्य व्यक्त गरे।

कृष्ण प्रधानको लामो तर सटिक समीक्षापछि कलेको तितो र रुखो अलि लामै मन्तव्य गयो। यसबिचमा कृतिकै कवितावाचन भए। वाचकमा रुविना राना, विनोद खत्री आकाश, वसुन्धरा चौहान रहे।

कविताकृतिकी कृतिकार जुमन किरणको छोटो मन्तव्य, शैलेन्द्रको प्रमुख अतिथेय मन्तव्यसँगै सभापतिको छविरमणको मन्तव्यपश्चात कार्यक्रम विसर्जित भयो।

०००
कलानिधि दाहालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x