साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेठाबाकाे आत्म-बिलाैना (२)

करुणदिल भएका, साथका मित्र मेरा । प्रतिदिन सँग हिँड्ने नित्य बन्दै सहारा ।। अघि अघि सब लागे, पूर्ण विश्राम राेजी। तर पनि म थलामा भर्न खाेज्दै छु गाेजी।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

धन धन अझ भन्दै नित्य गर्दैछु जाेहाे।
सब चिज तर छाडी जानुपर्ने कता हाे।।
अलमल पर, यात्रा देखिने अन्धकार ।
तर पनि मन मेराे, जाेड्न खाेज्दाे गभार।।८।।

जति धन म कमाऊँ साथ लाने कुराकाे।
न त छ अझ जगेर्ना, मात्र चिन्ता भुराकाे?
प्रकृति पनि म जित्ने आँट गर्थेँ पलामा।
अविरल अब चिन्ता बढ्न थाल्याे थलामा।।९।।

प्रतिदिन म बटुले आसले नाम दाम ।
कसरत अति गर्दा अर्थ जाेडेँ तमामा।।
कुन समय थलामा, कालले हान्छ जाल।
अझ पनि मन मेराे छैन हेर्दा बिहाल।।१०।।

विविध विषय साेच्दै नित्य गर्दै म आँट ।
सहर वन गुफा या, दाैडिँएँ चाेक फाँट ।।
प्रतिदिन अब लाग्यो बित्न मेराे उमेर।
तर पनि अझ त्यत्रो छैन सन्त्रास हेर ?।।११।।

परिधिबिच सजेकाे कर्मकाे फूलबारी ।
विधिवश सब छाडी, जानु पर्नेछ पारि।।
तर पनि भवमा याे भर्छु भन्दै, सितारा
मनमगज दगुर्ने छाेप्न खाेजेर तारा ।।१२।।

रहर जति छँदैछन् पूर्णता छैन काम ।
कहर छ तनमा झन् हातमा छैन दाम ।।
सुखशयल नचिन्दै, याम धेरै बिताएँ।
समय अब डुबेको बल्ल पाे चालपाएँ।।१३।।

करुणदिल भएका, साथका मित्र मेरा ।
प्रतिदिन सँग हिँड्ने नित्य बन्दै सहारा ।।
अघि अघि सब लागे, पूर्ण विश्राम राेजी।
तर पनि म थलामा भर्न खाेज्दै छु गाेजी।।१४।।

०००
साेह्रखट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x