साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नदी भट्टराईकाे छन्द कविताकृति ‘प्रथम शब्दखेती’ को लोकार्पण

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, मोती समस्यापूर्ति प्रकाशन समिति झापाका अध्यक्ष कवि हरिप्रसाद रिमालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कथाकार दीप प्रधान , कवि डा, कमला तामाङ, कवि, केसाङ लामा, (मिरिकबाट) सामाजिक व्यक्तित्व तथा साहित्यस्रष्टा सुरेन प्रथानलगायत थिए ।

Nepal Telecom ad

फिक्कल / १५ असार २०८२ अर्थात् २९ जून २०२५ आइतवारका दिन सूर्योदय सामाजिक प्रतिष्ठान, सूनपा- १०, फिक्कल इलामको आयोजनामा छन्दोबद्ध कवि नुरज भट्टराई ‘नदी’ को प्रथम कृति ‘प्रथम शब्दखेती’ कवितासङ्ग्रहको लोकार्पण भएको छ ।

महिला सृजना तथा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा छिमेकी राष्ट्र भारतको सिलिगुडी, दार्जिलिङ, मिरिक तथा इलाम नगरपालिका, दमक, चन्द्रगढी, धूलाबारी (झापा) र सूर्योदयका साहित्यिक स्रष्टाहरूको सहभागितामा सभ्य र भव्य रूपमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, मोती समस्यापूर्ति प्रकाशन समिति झापाका अध्यक्ष कवि हरिप्रसाद रिमालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कथाकार दीप प्रधान , कवि डा, कमला तामाङ, कवि, केसाङ लामा, (मिरिकबाट) सामाजिक व्यक्तित्व तथा साहित्यस्रष्टा सुरेन प्रथान, पुष्पा प्रधान र आशिष प्रधान (सिलिगुडी), कवि गणेश + दिव्य निरौला,  कवि मोक्ष खतिवडा, निबन्धकार एवम् महाकाव्यकार इन्द्रप्रसाद कटुवाल, कवि एवम् गीतकार देवीचरण भण्डारी, साहित्यकार नवराज घिमिरे, आख्यानकार भगवती ढुङ्गेल, कवि लक्ष्मीअच्युत ढुङ्गाना, कृतिको कथ्य समीक्षक अवकाशप्राप्त उपप्राध्यापक केशबहादुर राई, स्रष्टा परिचयकर्ता कवि तुलसीप्रसाद भट्टराई, कवि दुर्गाप्रसाद सिग्ध्याल, साहित्यस्रष्टा प्रेमप्रकाश फलाहारी, कवि एवम् गीतकार एन बी दाहाल नवीन, कवि गोपाल दाहाल, कवि जीवनहरि शर्मा पोखरेल (झापा) विशिष्ट अतिथि तथा अतिथिका रूपमा रहेका थिए ।

त्यसैगरी, कवि टीका घिमिरे, देवी गौतम, कवि विमल वैद्य, कवि जयनारायण भट्टराई, कवि शिव अधिकारी “इलामे जेठो”, जीवनी साहित्यका लेखक इच्छाराम कट्टेल (इलाम) कवि केशवराज पौड्याल + प्रभा भट्टराई पौड्याल, कवि विष्णुप्रसाद आचार्य निश्छल ( माइजोगमाई), करफोक विद्यामन्दिरका प्रअ गणेशप्रसाद आचार्य, सेवा निवृत्त राष्ट्रसेवक समाजका सूर्योदय नगरकमिटी उपाध्यक्ष सूर्यभक्त सापकोटा, पूर्व शिक्षक दुर्गा भट्टराई, संस्थाका संरक्षक केदारनाथ अर्याल, वर्तमान कार्यसमिति पदाधिकारीहरू- बालकुमार फागो, गायत्रादेवी ओली घिमिरे, कमल गदाल, जगमाया घलेलगायत, संस्थाका सल्लाहकार समितिका पदाधिकारीहरू दीपक शर्मा अधिकारी, कवि डिल्लीप्रसाद सुवेदी, धनकुमार तामाङ, सञ्चारकर्मी त्रय, जीवन शर्मा, प्रकाश अभिलासी, अर्जुन वेदना राई, समाजसेवी निर्मला कट्टेल अग्रवाल आदि विशिष्ट अतिथि तथा अतिथिका रूपमा रहेका थिए ।

अतिथि आशनग्रहणसँगै खादार्पणपश्चात् संस्थाका उपाध्यक्ष कवि कुलप्रसाद ढकालद्वारा स्वागत मन्तव्य तथा कार्यक्रमको अौचित्यमाथि प्रकाश पारिएको थियो । प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलनका साथ तुलमा भएका अक्षरसमेत पढेर कार्यक्रमको उद्घाटन गरिएको थियो । देशलाई सम्झने काम पनि राष्ट्रगान गाएपश्चात् मञ्चासिन अतिथिबाट (नदी भट्टराईसहित ) पुस्तकको विधिवत् लोकार्पण भएको थियो । तुलसीप्रसाद भट्टराईबाट शब्दखेतीका छोटकरी परिचय प्रस्तुत गरेका थिए भने तत्काल समीकक्षक केशबहादुर राईबाट आध्योपान्त समीक्षा प्रस्तुत भएको थियो ।

समयअभावका कारण रचनाबाहेकका प्रतिनिधिमूलक केही शुभकामना मन्तब्य प्रस्तुत भए जसमा सुरेन प्रधान, विमल वैद्य, टीका घिमिरे, देवीचरण भण्डारी, हरि रिमाल, डिल्लीप्रसाद, केशवराज पौड्याल, केशबहादुर राई, कुलप्रसाद ढकाल, तुलसीप्रसाद भट्टराईलगायत रहेका थिए ।

कार्यक्रममा स्थानीय कविहरूको पनि उपस्थिथि रहेको थियो जसमा जमा राई, विवेक शर्मा लामिछाने, कविता राई गाउँले, दीपेन्द्र आचार्य, टिष्टा राई, राई कमल सुच्चा, अर्जुन वेदना राई, अर्पणा राई, केशव पौड्याल, विष्णुप्रसाद आचार्य, नदी भट्टराई, डीपी बाँस्तोला आदि रहेता पनि समयअभावका कारण वाचन संभव भएन ।

कृति समीक्षक केशबहादुर राईले कृति र कृतिकारको बहुआयामिक पाटाहरूको चर्चा गर्दै समस्यापूर्ति कवितासङ्ग्रहको महत्व र चुनौती दुवैको चर्चा गरे । त्यसैगरी स्रष्टा परिचयकर्ता तुलसीप्रसाद भट्टराईले शब्दखेतीका सर्जक स्वाभिमानी र स्वावलम्वनपन भएका साथै एक उदार हृदयका कविको रूपमा चिनाएका थिए । त्यसो त सिलिगुडीका स्रष्टा सुरेन प्रधानले आफ्नै कृति “एक चोइटा घामभित्र” समावेश गरिएको शब्दखेतीका सर्जकको लेखको उच्चता र साधनाको मूल्याङ्कन गर्दै कविको व्यक्तित्व र कृतित्वको खुलेरै चर्चा गरे मात्र होइन उनका उक्त पुस्तकसमेत संस्थालाई हस्तान्तरण गरेका थिए । साथै आफू भारतीय नेपाली भएकाले भारतीय भूमिमा स्वास्थ्य सम्बन्धी कुनै किसिमको असुविधा भएमा आफूले सबै समस्याको समाधान गर्ने वचनबद्धता पनि दिए ।

त्यसैगरी कवि डिल्ली सुवदीले कवि नदी भट्टराई र शब्दखेतीलाई तुलनात्मक मूल्याङ्कन गर्दै कृतिको उच्चता र व्यक्तिलाई बहुमुखी प्रतिभाको रूपमा चर्चा गरे । प्रमुख अतिथिले कवि र कविताका बारे पूर्वीय दर्शनका केही श्लोकसँग सादृष्य गराई शब्दखेती र कृतिकारको उच्चताको चर्चा गर्दै यो कृति व्यक्तिगत हिसाबले युवाकवि मोतीरामप्रति पनि श्र्द्धा गरिएको सायद पूर्वबाट पहिलो कृति भएको पनि उल्लेख गर्दै शुभकामना दिए । कृतिकार नदी भट्टराईले आफू कवितासँग लामो समयदेखि संलग्न भए पनि कविता लेख्न अथक साधना चाहिँने भएकाले ढिलो भएको जानकारी दिए साथै समाजमा स्रष्टाका अप्रकाशित कृतिहरूलाई बौद्धिक भनिएकाहरूबाटै कृति नमान्ने परम्परा अझै कायम रहेकाले यस्ता कुरीतिलाई तोड्न पनि छानिएका रचनाहरूको सँगालो प्रकाशित गर्नुपर्ने आवश्यकताको महसुश दिलाए साथै सम्पूर्ण आमन्त्रित अतिथि र आयोजक संस्थालाई धन्यवाद व्यक्त गरे ।

अन्त्यमा अध्यक्ष देवीप्रसाद गौतमले संस्थाबाट पातलो रफ्तारमा भए पनि केही असल कामहरू हुँने गरेको प्रमाणको रूपमा आफ्नै संस्थामा संस्थाकै आयोजनामा संस्थाकै सदस्यको कृति लोकार्पण गर्न पाउनु संस्थाका लागि पनि फलदायी भएको कुरामा जोड दिँदै कृतिकारलाई असीम शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई समापन भएको घोषणा गरेका थिए । कार्यक्रममा सम्पूर्ण आमन्त्रित अतिथिहरूलाई कृतिको नाम र आयोजकसहितको लोगो अङ्कित झोलामा मायाको चिनो पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव प्रेमसागर भट्टराईको कुशल सहजीकरण रहेको थियो ।

०००
फित्कौलीका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x