साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमकाे १४८ औँ  सिर्जना वाचन भानु जयन्ती विशेष 

प्रमुख आमन्त्रित कवि पुरुषोत्तम सिग्देल, विशेष अतिथि डा.बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, दुर्गाप्रसाद सिग्देल, गङ्गा लिगल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ असार २१ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको १४८ औँ नियमित ११२ औँ भानु विशेष कविगोष्ठी संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता सम्पन्न भयाे । प्रमुख आमन्त्रित कवि पुरुषोत्तम सिग्देल, विशेष अतिथि डा.बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, दुर्गाप्रसाद सिग्देल, गङ्गा लिगल ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए । आदिकवि भानुभक्तका रचना र उहाँका वारेमा रचना गरिएका कविता सुमधुर लयमा सर्जकले सुनाए ।

यस गरिमामय गोष्ठीमा पुरुषोत्तम सिग्देल, डा.बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, दुर्गाप्रसाद सिग्देल, गङ्गा लिगल, सुशीलकुमार रिजाल, शारदा कार्की, जगदीश्वर पोखरेल, कल्पना भट्टराईं, गङ्गा भण्डारी, उत्तम भेटुवाल, द्वारिका कुइँकेल, सुधा बाँस्कोटा ढकाल, सीता पन्थी, बिनुबाबा घिमिरे, वीरबहादुर लोहनी, पवनकुमार बुढाथोकी, र टेकबहादुर लौडारी हुनु हुन्थ्यो ।

प्रमुख अतिथि एवं समीक्षक पुरुषोत्तम सिग्देलले आदिकवि भानुभक्तले भाषामा गर्नु भएको अनुपम योगदानको चर्चा गर्दै वाचित रचनाको सुललित ढङ्गबाट समीक्षा गर्नु भएको थियो । उहाँले अनुपम सिर्जना प्रतिष्ठानले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो ।

हरि खनालले २११ वर्ष अगादड जन्मिएका आदिकविकाे योगदानलाई सम्मान गरेकाछौँ भन्नु भयो । डा.बमबहादुर थापा जितालीले पुरुषोत्तम सिग्देलको रचनाको समीक्षा गर्नुभएको थियो । गङ्गा लिगलले भानुको कविता वाचन गर्नुभएको थियो ।

सभाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भइ भानु विशेष कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।

संस्थाकी महासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक समारोहको संयोजन गर्नु भएको थियो ।

०००
जगदीश्वर पोखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x