साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योगमाया स्रष्टा सम्मानद्वारा वाइवा र बस्नेत सम्मानित

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन', पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सम्मान गरे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार २२। नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२ तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२ द्वारा क्रमशः सुकन्या वाइवा र भूपाल बस्नेतलाई सम्मानित गरेको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान समर्पण गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सम्मान गरे । वाइवा नगदराशी रु.२५ हजार एक सय एघार तथा बस्नेत रु.५१ हजार एक नगदराशी सहित सम्मानित भए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि घिमिरेले योगमाया विशिष्ठ व्यक्तित्वकी धनी भएको भन्दै आफू पनि योगमायाको व्यक्तित्वले प्रभावित भएकी बताइन् । उनले भनिन्- ‘म पनि महिला अधिकारका पक्षमा विगत चार दशकदेखि क्रियाशील छु । योगमायाको योगदान आज पनि सबैको निम्ति मार्गदर्शक र उत्तिकै सान्दर्भिक छ । हामी सबैले योगमायाको आदर्शलाई आत्मसात गरौं।’

कार्यक्रमका सभाध्यक्ष रोदनले भने-‘योगमायालाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्नुपर्छ भनेर हामीले भनेका छौं । उहाँले देखाउनु भएको साहास, गर्नुभएको समर्पण, उठाउनु भएको विषय र सन्दर्भ मात्र होइन् उहाँको त्याग आजको समयमा पनि अनुकरणीय छ।’ उनले वर्तमान राजनीतिमा देखिएको बेथिति प्रति कटाक्ष गर्दै भने- ‘कान्छी औंलामा खटिरा आउँदा पनि विदेश गएर उपचार गर्ने नेताहरुले योगमायालाई एक पटक पढिदिए मात्र पनि नेताहरु सुध्रन्छन् कि भन्ने हाम्रो अपेक्षा छ। योगमायाको आदर्श बचाउन सबैको साथ र सहयोग रहोस् ।’

यसअघि सम्मानित व्यक्ति सुकन्या वाइवाले भनिन्सा-‘सारा नेपालीको मनभरी योगमाया छाएकी छिन् । दिदी पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी छिन्।’ उनले आफू सम्मानित हुँदा दिदी पारिजात नै सम्मानित भएको अनुभूति राखिन् ।

अर्का सम्मानित व्यक्तित्व भूपाल बस्नेतले योगमायाको समाधिस्थल बारे बोले । साथै उनले भने- ‘यो सम्मान मेरो लागि हौसला हो। मैले योगमायाको विषयमा अभियानहरुमा पचास सालदेखि झोला बोकेको हुँ । म योगमायाको थलोकिलोको मान्छे हुँ।’ उनले भोजपुरमा आश्रम खोल्ने तयारी गरेको समेत जानकारी दिए ।

पुरस्कार संस्थापकहरु पवन आलोक र राजेश न्यौपाने र कार्यक्रममा सह-आयोजक न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपानेले समेत योगमायाको व्यक्तित्वका बहुआयामिक सन्दर्भहरुको चर्चा गरेको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरु बारे डा. शान्तिमाया गिरीले चर्चा गरिन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन समाजका सदस्य मधु पाठकले गरेका थिए ।

०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x