साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीमा भानु र असारको सम्झना

कवि कलानिधि दाहाल एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक सल्लाहकार द्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ असार २१ । राष्ट्रिय सुसेली फाउन्डेसनले वरिष्ठ कवि कलानिधि दाहाल एवम् यस संस्थाका संरक्षक एवम् संस्थापक सल्लाहकार द्वय चन्द्रा न्यौपाने र गङ्गा लिगल विशिष्ट अतिथि रहनुभएको अठसठ्ठीयौँ कार्यक्रममा असार र भानु सम्बन्धित सुसेली वाचन/गायन सम्पन्न गरेको छ ।

कार्यक्रम फाउन्डेसनकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भई सञ्चालन भएको थियो ।

२५ जना कवि साहित्यकारहरूको उपस्थितिमा सञ्चालित असार र भानु जयन्ती विशेषको सुसेली वाचन/गायनको कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले विभिन्न लयमा मीठा सुसेली सिर्जना गरी सुनाउनु भएकोमा खुसी व्यक्त गर्दै आफूले रचना गरेका विषयगत सुसेली गाएर सुनाउनु भयो ।

यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले आज वाचन भएका सुसेलीको सामान्य टिप्पणीसहित आज उठेका विभिन्न प्रश्नको स्वागत गर्दै, आफूले लेखेका भानु र असार विशेष सुसेली गाएर सुनाउनुभयो । अर्की विशिष्ट अतिथि गङ्गा लिगलले सुसेली फाउन्डेसन परिवारलाई शुभकामना दिँदै आफूले रचना गरेका भानु र असार सम्बन्धी सुसेलीहरू वाचन गर्नु भयो ।

असार तथा भानु जयन्ती विशेष सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा चन्द्रावती अधिकारी, द्वारिका कुइकेल, जानुका थापा रायमाझी, सुरेशचन्द्र घिमिरे, विश्वनाथ ढुंगेल, कृष्णदेव रिमाल, सुशीला पौडेल, पवनकुमार बुढाथोकी, सविता केसी, लक्ष्मीप्रसाद मिश्र, विमल अर्याल, उत्तम भेटुवाल, घनश्याम पौडेल, रामप्रसाद अधिकारी, कल्पना भट्टराई अधिकारी, उत्तम शर्मा, पूर्ण देवी न्यौपानेले सम्बन्धित विषयमा सुसेलीहरू गाएर सुनाउनुभयो ।

अन्त्यमा सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष सभापति दुर्गा अधिकारी ‘भमरकोटे’ ले सुसेलीको यो अठसठ्ठीयौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै सुसेलीलाई भानु जयन्तीका अवसरमा मादे स्कुलबाट निमन्त्रणा आएको हुँदा सहभागी हुन चाहानेले नाम टिपाउन अनुरोध गर्नुका साथै आज वाचित सुसेलीको समीक्षात्मक टिप्पणी सहित आफ्ना सम्बन्धित विषयका सुसेली गायन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

०००
दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ काे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
कृष्ण देव रिमाल
कृष्ण देव रिमाल
1 year ago

राम्रो कार्यक्रम थियो ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x