साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिभा प्रतिष्ठान सुरुङ्गाकाे सम्मान तथा कविगोष्ठी कार्यक्रम सम्पन्न

प्रमुख अतिथि देवीभक्त श्रेष्ठ, अतिथि तथा पुरस्कृत व्यक्तिहरु विश्वनाथ राजवंशी, चिरञ्जीवी उप्रेती, कमला खनाल, गङ्गाप्रसाद ओली, पुण्यप्रसाद खरेलले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Nepal Telecom ad

झापा, २०८२ असार २५ । भानुभक्तको २१२ औं जन्मजयन्तीको छेक पारेर कन्काई प्रतिभा प्रतिष्ठान सुरुङ्गाकाे सम्मान तथा कविगोष्ठी कार्यक्रम सम्पन्न भयाे ।

प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षता, साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्य, रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, कन्काई प्रतिभा प्रतिष्ठानका पूर्वअध्यक्ष कोमलप्रसाद पोखरेल, साहित्यकार पुण्यप्रसाद खरेल, शारदा ओली, मनोजबाबु स्मृति साहित्य पुरस्कारका संस्थापक अनिरुद्र ओली, नन्दा ओली, इलामका प्रसिद्ध कवि जीवनहरि शर्मा, पवित्रा खरेल, प्रसिद्ध कलाकार हिम्मत नेम्बाङसमेतलाई मञ्चासिन गराएर कार्यक्रम सुरु भएकाे थियाे ।

कन्काई खानेपानी आयोजनाको सभाकक्ष, सुरुङ्गामा भएकाे कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा.पुण्यप्रसाद सिग्देलले कार्यक्रमको औचित्य बताउँदै स्वागत गर्नुभएको थयाे ।

कार्यक्रममा मनोजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति साहित्य पुरस्कारबाट विश्वनाथ राजवंशीलाई, नन्दीकेशर खरेल स्मृति समाजसेवा पुरस्कारबाट ९२ वर्षीय समाजसेवी चिरञ्जीवी उप्रेतीलाई तथा तिलरुपा प्रसाई स्मृति पुरस्कारबाट प्रसिद्ध सङ्गीतकार कमला खनाल रिजाललाई पुरस्कृत गरिएको थियो । पुरस्कार राशि जनही रु. १५,००० र सम्मानपत्र थियो ।

कविहरु मिना अधिकारी, टङ्क विकल्प, पुण्य बराल, विष्णु नेउपाने, हिम्मत नेम्बाङ, श्याम तिमसिना, डिपि शर्मा, जीवनहरि शर्मा, हरिनारायण भट्टराई, विनोद खनाललगायतले कविता वाचन गर्नुभयो भने कविता ओली तथा शारदा प्रसाईं ओलीले गीत गाएर सुनाउनुभयो ।

प्रमुख अतिथि देवीभक्त श्रेष्ठ, अतिथि तथा पुरस्कृत व्यक्तिहरु विश्वनाथ राजवंशी, चिरञ्जीवी उप्रेती, कमला खनाल, गङ्गाप्रसाद ओली, पुण्यप्रसाद खरेलले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त साहित्यकारहरु त्रिलोचन मैनाली, नेपाल वायुसेवा निगमका पूर्व निर्देशक मदनकुमार खरेल शनिश्चरे क्याम्पसका प्रमुख मोहन ओली, मेची वहुमुखी क्याम्पसका पूर्वप्रमुख उमानाथ ओली, परशुराम तिमसिना, अम्बिका उप्रेती, ध्रुव पाठक, गोपाल ओली, विष्णुप्रसाद कोइराला, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, भानुभक्त कुभिण्डेली, मित्रप्रसाद दाहाल, जितेन्द्र थापा, रामबाबु महर्जन, राजेन्द्र तिमसिना, एनवी दाहाल नवीन, जय आचार्य, नगेन्द्र सुवेदी, माधवशरण खनाल, निमेश ओली, नारायण ओली, विदुर खरेल, टङ्कप्रसाद खनाल, कमला सुवेदी, निर्मल दाहाल, रामकुमार पाठक, पविधा ओली, जनार्दन उप्रेती, उमानाथ दाहाल, अखिलप्रसाद कोइराला, कृष्ण पौडेल, हरिप्रसाद रिमाल, टीका लामिछाने, वीरेन्द्र खड्का, विपिन घिमिरे, नारायणी राजवंशीसमेत ७५ जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रम राम्रो थियो ।

कार्यक्रमको सुसन्चालन सचिव प्रेम प्रभातले गर्नुभएको थियो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x