साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुणिमा शैक्षिक प्रतिष्ठानबाट एस.ई.ई. उत्तीर्णहरूको सम्मान

प्रमुख अतिथि वरिष्ठ इन्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार । मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८१ सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ ।

समारोहका प्रमुख अतिथि वरिष्ठ इन्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने बताउनुभयो । विद्यार्थीहरूलाई भविष्यमा उचित विषय छनौट गरी अध्ययन गर्न परामर्श दिँदै पुडासैनीले शैक्षिक क्षेत्रको विकासबाट मात्र मुलुकको समृद्धि सम्भव भएको धारणा राख्नुभयो ।

प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

समारोहका सभाध्यक्ष समेत रहनु भएका प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो । अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ मा अध्ययन गर्नका निम्ति उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो रहन सुझाव दिनुभयो । अरुणिमा मा.वि. बौद्धका ११६ जना, नव अरुणिमा मा.वि. आरुबारीका ३७ जना र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालका ३६ जना विद्यार्थीहरू गरी जम्मा १८९ जना विद्यार्थीहरू समारोहमा अभिनन्दित भएका थिए ।

उच्चतम जिपिए प्राप्त गर्ने विद्यार्थीहरू युनिशा चौलागाईं, स्मृति तिमिल्सिना (अरुणिमा मा.वि.,बौद्ध), सभ्यता श्रेष्ठ (नव अरुणिमा मा.वि. आरुबारी) र प्रतिष्ठा कोइराला (अरुणिमा शिक्षा सदन मा.वि.,महाङ्काल) लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन गरिएको थियो । समारोहमा अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मी, नव अरुणिमा मा.वि. का अध्यक्ष गोपालप्रसाद बराल, अरुणिमा शिक्षा सदन मा.वि.का अध्यक्ष बटुप्रसाद न्यौपाने, अरुणिमा अलुम्नाईका अध्यक्ष जितेन्द्र श्रेष्ठ लगायतले एस.ई.ई. ग्रेजुट्सहरूलाई बधाई दिँदै आगामी दिनमा पनि शैक्षिक सफलताका लागि शुभकामना दिनुभयो ।

एस.ई.ई. ग्रेजुयट्सका तर्फबाट तीनवटै विद्यालयका सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्राहरूले आफ्‌ना अनुभवहरू बाँड्दै सफलतामा योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । सोही समारोहमा पत्रकारितामा विशेष योगदान पुर्‍याउनु भएका पत्रकार तथा सर्जक निर्मल अर्याललाई अभिनन्दन गरिएको थियो ।

विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ६ सयभन्दा बढीको सहभागिता रहेको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

०००

निर्मल अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x