फित्काैली डटकमकर्मदा सृजना मञ्चकाे असार श्रृङ्खला भानुस्मृति काव्यगोष्ठी
कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर डा.बमबहादुर थापा जिताली हुनुहुन्थ्यो । विशेष व्यक्तित्वमा महाकाव्यकार पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।

काठमाडाै, २०८२ असार २६ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले विद्युतीय प्रसारबाट आदिकवि भानुभक्त आचार्यको २१२ औँ भानु जयन्ती रचनावाचन कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर डा.बमबहादुर थापा जिताली हुनुहुन्थ्यो । विशेष व्यक्तित्वमा महाकाव्यकार पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो । कार्यक्रममा प्रस्तुत भएका रचनाहरू आदिकविसँग सम्बन्धित भावका वा भानुजयन्ती सन्दर्भ र केही गुरुभक्ति भावमा केन्द्रित थिए ।
अध्यक्ष जगदीश्वर पोखरेलले भानुभक्तको एक श्लोक वाचन गरेर उद्घाटन गर्नुभएपछि आदिकवि भानुभक्तप्रति श्रद्धाभाव व्यक्त भएका रचना प्रस्तुत गर्नेहरूमा- १.लक्ष्मीप्रसाद मिश्र-” भानु तिम्रै छन्” सवाई लयमा, २.शारदा कार्की-“रम्नु भो भानुभक्त ” मालिनीमा ३.टेकबहादुर लौडारी-“रम्घा छ आदिकविको..” वसन्ततिलकामा ४.हरिप्रसाद चौंलागाईं-“रानू हौ तिमी भानु” मातृक छन्द ललितमा ५.विन्दु दाहाल मूकदर्शक -“हे भानु आऊ अब” शार्दूल.मा ६.हरि खनाल – भानुभक्तको “अमरावती कान्तिपुरी..वाचन- तोटकमा ७.चन्द्रा नेउपाने- गुरुश्रद्धा र भानुश्रद्धाका १/१ सुसेली र भानुभक्तप्रति श्रद्धा भावको १ कविता शार्दूलविक्रीडितमा ८.दुर्गाप्रसाद सिग्देल -” रम्घा बडो रम्यथ्यो” शार्दूल..मा ९.गङ्गा लिगल-गद्यकविता १०. सुरेशचन्द्र घिमिरे -” तिमी भानुभक्त ” गद्यकविता हुनुहुन्थ्याे ।
त्यसै गरी ११.दुष्यन्त भट्टराई -“शार्दूलझैं गर्जियौ” शार्दूलविक्रीडितमा १२. द्वारिका कुइँकेल-..स्वतन्त्र छन्दमा १३.कल्पना भट्टराई -“आदिकवि भानुभक्त ” मन्दाक्रान्तामा १४.डा. बमबहादुर थापा जिताली-“अर्चना” अनुष्टुप् मा १५.चन्द्रावती अधिकारी -“.. “मन्दाक्रान्तामा- हुनुहुन्थ्यो भने- गुरुप्रति श्रद्धा भावका रचना सुनाउनेहरूमा- १६. खोलाघरे साहिंलो-” नमः गुरुभ्य” शिखरिणीमा १७.पुरुषोत्तम सिग्देल -“दियो ज्ञानको ज्योति..” भुजङ्गीमा १८.जगदीश्वर पोखरेल”गुरु” अनुष्टुप् मा हुनुहुन्थ्यो । त्यसरी नै स्वतन्त्र भावमा रचना सुनाउने- १९. गणेश आत्रेय-“जित समर “मातृक छन्द दीपकमा र २०.वीरबहादुर लोहनी-“प्रकृति शिखर” लोकलयमा हुनुहुन्थ्यो २१.गोमविक्रमले एउटा मुतक मात्र सुनाउनुभयो । २२.सभ्य श्रोताका रूपमा रामकृष्ण अधिकारीले गुरु पूर्णिमाको शुभकामना दिनु भएको थियो ।
वाचित रचनाहरूको संक्षिप्त टिप्पणी पुरुषोत्तम सिग्देलले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो ।
०००
खोलाघरे साहिँलोद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































