साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीपन

जस्को जीवन नित्य लोकहितमा लागेर बेडा तर्‍यो भारी गौरव राख्न यो मुलुकको सङ्घर्ष जारी गर्‍यो जस्ले मानवता पढाउन सक्यो सम्पूर्ण बच्चाकन खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आफैँ बन्दछ जो गृहस्थरथको श्रीकृष्णझैँ सारथी
सिङ्गो देश बनाउने विषयमा सङ्घर्ष गर्दै अति
जस्ले चन्द्र हजार दर्शन गर्‍यो साह्रै बनी शोभन
खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥१

शिक्षा शिल्प फिँजाउँदै मुलुकमा गर्दै अनेकौँ हित
जस्को पौरखले कमाइ घरमा भारी भयो सञ्चित
जस्ले नित्य खटेर देश जनको रोके दशा दोहन
खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥२

फोर्दै बन्जर खोरिया शिखरमा पाटो बनायो ठुलो
बोटो पौरखले रच्यो जबर त्यो चट्टान पार्दै धुलो
जस्ले कर्मकला सिकाउनसक्यो पार्दै सुखी जीवन
खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥३

सीमा साँध सधैँ दुरुस्त जसले राख्ने जमर्को गर्‍यो
वैरी जो खनिए दुराशय लिँदै सातो उनैको हर्‍यो
जो छन् पौरखका कथा विगतका बोकेर बस्ने जन
खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥४

बेसी लेक गरेर जो दिन बिते जङ्घार लाखौँ तरी
चम्काए घर गोठ भव्यसितले संस्कार आफ्नो भरी
गाथा धीर र वीरका सरसिला को भन्नसक्छौ भन
खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥५

जस्को जीवन नित्य लोकहितमा लागेर बेडा तर्‍यो
भारी गौरव राख्न यो मुलुकको सङ्घर्ष जारी गर्‍यो
जस्ले मानवता पढाउन सक्यो सम्पूर्ण बच्चाकन
खारेको सुनझैँ बडो चहकिलो हो त्यो बुढ्यौलीपन॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x