फित्काैली डटकममञ्जुश्री साहित्य समाजकाे भानुजयन्ती विशेष
प्रमुख आमन्त्रित नेपाली शिक्षा परिषद् का अध्यक्ष रमा शर्मा रहनुभएको यस कार्यक्रममा उहाँले "भोकी मैली निन्याउरी न त कपाल् कोर्याकी... " रामायणको श्लोक वाचनबाट शुरु गर्नु भएकाे थियाे ।
काठमाडाैं, २०८२ असार २७ । मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा मञ्जुश्री साहित्य समाजको उनासिअौं रचनावाचन शृङ्खला भानुजयन्ती विशेषका रूपमा सम्पन्न भएको छ ।
प्रमुख आमन्त्रित नेपाली शिक्षा परिषद् का अध्यक्ष रमा शर्मा रहनुभएको यस कार्यक्रममा उहाँले “भोकी मैली निन्याउरी न त कपाल् कोर्याकी… ” रामायणको श्लोक वाचनबाट शुरु गर्नु भएकाे थियाे ।
उहाँले आफ्नो मन्तव्यमा भानुभक्त बनारस,आसाम,सिक्किम यात्रापछि काठमाडौं आएका, रामायण लेखेर भाषिक एकीकरण गरेको, नेपाली शिक्षा परिषद्ले २०१० सालदेखि निरन्तर भानुजयन्ती मनाइरहेको आदि प्रसङ्ग उल्लेख गर्नुभयो ।
विशेष आमन्त्रितहरू- महाकाव्यकार पुरुषोत्तम सिग्देल, कविवर जगदीश्वर पोखरेल हुनुहुन्थ्यो । संस्थाका सदस्य वीरबहादुर लोहनीद्वारा सञ्चालित यस भर्चुअल कार्यक्रममा सञ्चालकद्वारा स्वागतार्थ एक पद्य लोकशैलीमा प्रस्तुत गरेर कार्यक्रमको ढोका खोल्नुभएको थियो ।
त्यसपछिआदिकवि भानुभक्तको २१२ अौं जयन्तिको सन्दर्भमा भानुभक्तप्रति श्रद्धार्पण गरिएका रचनाहरू वाचन गरिए। जसअनुसार – टेकबहादुर लौडारी- “चुँदी रम्घाको सेरोफेरो” सवाई छन्दमा, सुधा बाँस्कोटा ढकाल- “श्रद्धा पुष्पार्पण” पञ्चचामरमा, बालकृष्ण सुवेदी- “भानु साहित्यका किरण” लोकलयमा, खोलाघरे साहिंलो – “भानुभक्तप्रति” स्रग्धरामा, जगदीश्वर पोखरेल- “भानु” द्रुता छन्दमा, सुरेशचन्द्र घिमिरे – “१ डाली कोपिला” भानुश्रद्धा भावका कविता प्रस्तुत गरिए ।
त्यसैगरी, दुर्गा अधिकारी भँमरकोटे- “भानुश्रद्धाका १० सुसेलीहरू, गणेश आत्रेय- “भानु सच्चा उदायौ” चित्राक्रान्ता छन्दमा, चन्द्रा नेउपाने- भानुश्रद्धाका पाँचवटा सुसेलीहरू, गङ्गा लिगल- “घाँसी बोल्छ” गद्यकविता, दुष्यन्त भट्टराई – “भानु” स्रग्विणी छन्दमा,
पुरुषोत्तम सिग्देल – “घाँसी र भानु” गजलजस्तो संरचनामा, भुजङ्गप्रयात छन्दमा, वीरबहादुर लोहनी- “आदिकवि भानुमा सम्झना” लोकलयमा, र डा. बमबहादुर थापा जिताली- “नेपाली भाषाका भानु” सवाई छन्दमा रचना वाचन गरिएका थिए ।
वाचित रचनाहरूको लघुसमीक्षा खोलाघरे साहिंलाबाट भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.बमबहादुर थापा जितालीले सबैलाई हार्दिक धन्यवाद दिंदै सभा समापन भएको घोषणा गर्नुभयो ।
०००
खाेलाघरे साहिलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































