साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको भानुजयन्ती तथा लोक साहित्यविशेष कार्यक्रम

कार्यक्रममा २८१ औं मासिक शृङ्खलाअन्तर्गत गृष्म कविगोष्ठी र आदिकवि भानुभक्त आचार्य को २१२ औ जन्मजयन्ती समारोह सम्पन्न गरेको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार २८ । अभिनव साहित्य समाजले भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८१ औं मासिक शृङ्खलाअन्तर्गत गृष्म कविगोष्ठी र आदिकवि भानुभक्त आचार्य को २१२ औ जन्मजयन्ती समारोह सम्पन्न गरेको छ ।

प्रमुख अतिथि नन्दकृष्ण जोशीले देउडा नेपालको मौलिक र लोकप्रिय संंस्कृति हो यसलाई विश्वव्यापी बनाउने काममा म निरन्तर लागेको छु । लाग्दै रहनेछु भन्दै एकदुईवटा लोकप्रिय गीत गाउनु भयो । विशेष अतिथिमा रामबहादुर पहाडी, प्रार्थना खनाल, गङ्गाप्रसाद भेटवालआदि रहनुभएको थियो ।

सभाका सभापतित्व विमल अर्यालले गर्नुभयो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा संक्षिप्त प्रकाश पार्दै असारे भाकाको एक गीत गाउनुभयो । स्वागत मन्तव्य परशुराम पराजुली, उद्घोषण शारदा खनाल, व्यवस्थापन सुमन पुडासैनी, नवराज पुडासैनी र घनश्याम प्रसाइले गर्नु भएको थियो ।

सृजना वाचन गर्नेहरुमा गङ्गाप्रसाद भेटवाल, ठाकुप्रसाद खतिवडा, ओमप्रसाद कोइराला, भावना नेउपाने, बद्रीप्रसाद सुवेदी, बाजुराम पौडेल, बुद्धिसागर पौडेल, मुरारी सिग्देल, मेनका पोखरेल, जस्ताघरे, कृष्णप्रसाद पौडेल, दिवाकर न्यौपाने, वासुदेव पौडेल, गीता बराल, रामचन्द्र दाहाल, सुरेशचन्द्र घिमिरे, गङ्गा खड्का, विजया बस्नेत, जानुका भट्टराई, सीताराम पोखरेल, सुशील आचार्य, मुकुन्द आचाई, बद्री अर्याल, शर्मिला तिमल्सिना, राष्ट्रिय विभूति अमरसिँह थापा प्रतिष्ठानका अध्यक्ष लगायत ५० जनाभन्दा बढी रहनुभएको छ ।

०००
वेदमनणि घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wedmani Ghimire
Wedmani Ghimire
9 months ago

धन्यवाद छ फित्काेली परिबारलाइ र नरनाथ सरप्रति अाभारि ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x