फित्काैली डटकमसिड्नीमा भानु कविता महोत्सव सम्पन्न
दुई दर्जनजति कविकवियित्रीहरूले आ-आफ्ना गीत-गजल, मुक्तक र कविताहरू सुनाएकाे याे महाेत्सव “अनेसास” न्यू साउथ वेल्स च्याप्टरका अध्यक्ष डा.प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भएकाे हाे ।

अस्ट्रेलिया, २०८२ असार २९ । शनिवार व्ल्याक टाउन, सिडनीमा अनेसास न्यू साउथ वेल्स च्याप्टरले यस वर्ष पनि भव्य र निकै रमाईलो वातावरणमा २१२ औं भानु जयन्तीको मौका पारेर कविता महोत्सव सुसम्पन्न गर्यो ।
“अनेसास” न्यू साउथ वेल्स च्याप्टरका अध्यक्ष डा.प्रकाश पौडेलको सभापतित्वमा कविता महोत्सव सम्पन्न भएकाे हाे ।
यस अवसरमा जीवराज घिमिरे (काठमाडौ) सुमन थापा संगम, त्रिपुरा पौडेल, ज्ञानुवाकर पाैडेल, सन्तोष तिमिल्सिना, निष्प्रभ सजी, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी, चतुर्भुज खरेल, सानु घिमिरे, राम कोईराला,महेश्वर शर्मा, सौरभ किरण, मुक्तिराम पोख्रेल, दयाराम सिंखडा, प्रज्ञा पनेरू, नेत्र पौडेल, जानुका पौडेल लगायत झण्डै दुई दर्जनजति कविकवियित्रीहरूले आ-आफ्ना गीत-गजल, मुक्तक र कविताहरू सुनाएका थिए ।
साथै “अनेसास” न्यू साउथ वेल्स च्याप्टरका अध्यक्ष डा.प्रकाश पौडेलको सभापतित्वमा आयोजित यस कार्यक्रमलाई NRN सिडनीका अध्यक्ष अनिल पोख्रेलले पनि संवोधन गर्नु भएको थियो ।
०००
सिड्नीबाट ज्ञानुवाकर पाैडेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































