साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक पत्रकार सङ्घको १९ औँ स्थापना दिवसमा पन्थी र साह सम्मानित 

नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेर साहित्यिक पत्रकारिता दिवस मनाएको छ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ असार ३१ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेर साहित्यिक पत्रकारिता दिवस मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्दै विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद साहलाई एक समारोहबिच समर्पण गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको हो।उहाँले नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान गरेको कदापि भुल्न नसकिने बताउँदै समावेशी र समानताको आधारमा साहित्यिक पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।उहाँले बौद्धिक कृत्रिमता अर्थात् एआइमा संस्कृतिको अभाव रहेकाले लेखक ,साहित्यकार र पत्रकार त्रसित हुनुपर्ने अवस्था नरहे पनि यसको प्रयोग सजगतापूर्वक गर्न अनुरोध गर्दै साहित्यिक पत्रकारिताको विकासमा प्रज्ञा-प्रतिष्ठान लागिपर्ने बताउनुभयो।

कार्यक्रममा सम्मानित व्यक्तित्वलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवालीले सङ्घले साहित्यिक पत्रकारिताको विकासमा पुर्याएको योगदान बारे विशेष चर्चा गर्दै साहित्यिक पत्रकारिताले यथार्थ र स्वत्वलाई आत्मसात् गरेको बताउनुभयो।अर्का विशिष्ट अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रबर्द्धनका लागि

सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा ,साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताउनुभयो ।

कार्यक्रम विशेष अतिथि भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिता व्यक्तिले आफ्नै करबलमा टिकाएको बारे चित्रण गर्नुभयो ।

सम्मानित साहित्यिक पत्रकार शशी पन्थीका बारेमा सङ्घका उपाध्यक्ष रामप्रसाद पन्त र रामप्रसाद साहका बारेमा सङ्घका उपमहासचिव नवराज रिजालले उहाँहरूको योगदान बारे चर्चा गर्नुभयो । सम्मानित साहित्यिक पत्रकार द्वय ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी तथा ‘भोजपुरिया माटी’का सम्पादक रामप्रसाद साहले साहित्यिक पत्रकारिता गर्दाका सहज असहज पक्षबारे धारणा राख्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले सम्पूर्ण साहित्यिक पत्रकारहरूको साझा सङ्गठनका रूपमा सङ्घले पुर्याएको योगदान कसैले भुल्न नसक्ने बताउनुभयो। मूलत:छापामाध्यम र विद्युतीय साहित्यिक पत्रकारितासँगसँगै हिड्न सक्ने बताउँदै सङ्घमा आबद्द हुने क्रम बढेको बताउनुभयो ।

सङ्घका महासचिव चेतनाथ धमलाले स्वागत मनतव्य,सङ्घका केन्द्रीय सचिवालय सदस्य गणेश राईले धन्यवाद ज्ञापन तथा उद्घोषण सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले गर्नुभयो ।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x