साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्घाखाँचीमा परिसंवाद कार्यक्रम सम्पन्न

लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीले "संस्कृति निर्माणमा भानुभक्तीय रामायणकाे प्रभाव" विषयक परिसंवाद कार्यक्रम सम्पन्न गरेकाे छ ।

Nepal Telecom ad

सन्धिखर्क, २०८२ असार २९ । लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीले “संस्कृति निर्माणमा भानुभक्तीय रामायणकाे प्रभाव” विषयक परिसंवाद कार्यक्रम सम्पन्न गरेकाे छ ।

परिसंवाद कार्यक्रममा प्राध्यापक हुमकान्त पाण्डे, नेपाल सरकारका सेवा निवृत उपसचिव उत्तरकुमार पराजुली, प्राध्यापक माधवराज चुँदाली, प्राध्यापक विमला खनालले विशेष भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

परिसंवाद कार्यक्रमकाे सञ्चालन लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य राजकुमारी कुँवर “गुल्मेली सानु” ले गर्नु भएकाे थियाे ।

सहभागी वक्ताले नेपालको संस्कृतिमा भानुभक्तीय रामायणकाे गहिराे प्रभाव रहेको निष्कर्ष प्रस्तुत गरेका थिए।रामायणका नायक मर्यादापुरुष रामचन्द्रको चरित्र अनुकरणीय छ भन्ने वक्ताहरूको भनाइ थियो ।

कार्यक्रमका केही सहभागीहरूले कविता वाचन गर्नु भएकाे थियाे । सोही मौकामा संस्कृति संरक्षण र संवर्द्वनमा याेगदान दिएका जनार्दन खनालाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रम विष्णुप्रसाद बस्यालककाे अध्यक्षता, कमल पाेखरेलकाे स्वागत मन्तव्य र तीर्थराज आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x