फित्काैली डटकममञ्जुश्रीकाे ८० अौं मासिक रचनावाचन कार्यक्रम
अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षता, जनकविकेशरी धर्मराज थापाका सुपुत्र मदनराज थापाकोको प्रमुख आतिथ्य र वीरबहादुर लोहनीको सञ्चालनमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८२ साउन २ । मञ्जुश्री साहित्य समाजको ८० अौं रचनावाचन शृङ्खला प्रविधि माध्यमबाट सम्पन्न भएको छ ।
मञ्जुश्रीका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षता, जनकविकेशरी धर्मराज थापाका सुपुत्र मदनराज थापाकोको प्रमुख आतिथ्य र वीरबहादुर लोहनीको सञ्चालनमा सम्पन्न यो कार्यक्रममा कविवर पुरुषोत्तम सिग्देल,आनन्द अधिकारी र जगदीश्वर पोखरेलको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममाप्रमुख आमन्त्रित मदनराज थापाले कवितामा विषयवस्तुको प्रस्तुतिलाई शिल्प र लालित्यले प्रभावकारी बनाउँछन्,आज मैंले जति सुनेका कविता छन्, तिनले कविताको क्षेत्रमा परिष्कार हुँदै गएको पाएँ भन्दै आफ्नो मुक्तलयको एउटा कविता वाचन गर्नुभयो ।
कार्यक्रममा वाचित रचनाहरूको संक्षिप्त टिप्पणी खोलाघरे साहिंलाले गर्नुभएको थियो । सहभागी कविगणले निम्न क्रमानुसार रचना पाठ गर्नुभएको थियो-
१.बालकृष्ण सुवेदी,अनुष्टुप् छन्दमा । २. दुर्गाप्रसाद सिग्देल -” हिजोआज” लोकलयमा । ३.खोलाघरे साहिंलो -“लुते साँझका सन्दर्भमा ” स्रग्धरामा । ४.गङ्गा लिगल-“देशको माटो” आद्यकविता र चारवटा मुक्तक । ५.आनन्द अधिकारी -“अपूर्ण साधना” मुक्त लयमा ।
६.द्वारिका चौंलागाईं- “अव्यक्त सत्य”सम्वाद शैली र लोकलयमा । ७.पुरुषोत्तम सिग्देल -“फाल्न जुटौं दुवै लुतो” इन्द्रवंशामा । ८.हरि खनाल-” “मञ्जुला छन्दमा ९.टेकबहादुर लौडारी-“प्रकृतिमा कविहरू” लोकलयमा ।
त्यसैगरी, १०.पूर्णदेवी न्यौपाने- “हे निद्रा” शार्दूलविक्रीडितमा । ११.मदनराज थापा- “उसको तस्वीर” मुक्त लयमा । १२.चन्द्रा न्यौपाने-“लुते सुसेलीहरू ३ र कविवर धर्मराज थापासँग सम्बन्धित ५ वटा सुसेलीहरू । १३.कल्पना भट्टराई -“छन्द” पञ्चचामर छन्दमा । १४.दुर्गा अधिकारी भँमरकोटे- साउन शिवको महिना, शिवजीसँग सम्बन्धित सुसेलीहरू । १५.वीरहादुर लोहनी -“देशको माया” लोकलयमा ।
१६.जगदीश्वर पोखरेल-“सुके लुतो” उपजाति छन्दमा । १७.द्वारिका कुइँकेल-” भानु” स्वतन्त्र छन्द । १८. डा. बमबहादुर थापा जिताली-“म देश खोजिरहेछु” उपजाति छन्दमा । १९. गुप्तबहादुर श्रेष्ठ -सभ्य श्रोता ।
कार्यक्रममा सहभागी सबै कविगण, प्रमुख आमन्त्रित मदनराज थापा, विशेष व्यक्तित्वहरूमा हार्दिक धन्यवाद दिंदै अध्यक्षले यो प्रविधिमैत्री कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































