फित्काैली डटकमधनगढीमा बहुभाषिक कविता गोष्ठी सम्पन्न !
प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'को प्रमुख आतिथ्यमा आइतवार 'सुदूरपश्चिम साहित्य समाज'धनगढीको आयोजना हाे ।

कैलाली , धनगढी, २०८२ साउन । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिब’को प्रमुख आतिथ्यमा आइतवार ‘सुदूरपश्चिम साहित्य समाज’धनगढीको आयोजनामा ‘बहुभाषिक कविता गाेष्ठी’ गरिएको थियो।
प्राज्ञ बनेपालीले अहिले प्रज्ञा-प्रतिष्ठानले राना थारुकाे शब्दकाेश निर्माणमा ध्यान दिएको उल्लेख गर्दै मातृभाषामा ५/६ वटा शब्दकाेश निर्माण भइरहेकाे बताउनुभएको थियो। उहाँले राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंहद्वारा लिखित ‘मानवतावादी’ पुस्तकलाई प्रतिष्ठानको अनुवादवृतिमा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले अङ्ग्रेजी भाषामा अनुवाद गर्दै रहेकाले निकट भविष्यमा प्रकाशित हुने जानकारी दिँदै सुदूरपश्चिमका विभिन्न मातृभाषामा वाचित कविताले आफ्नो पहिचान र मातृभाषाको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नेपाल भाषामा कविता र गीत प्रस्तुत गर्नुभएको थियो ।
विशिष्ट अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य जनक रसिकले सुदूर पश्चिम प्रदेशआफैँमा बहुभाषिक भएपनि सम्बन्धित निकायको ध्यान त्यति पुग्न नसकेको बताउनुभएको थियोे।उहाँले प्रज्ञा-प्रतिष्ठानले अहिले विशेष ध्यान दिएकाले यस क्षेत्रको भाषा, साहित्य र संस्कृतिमा अवस्य जागरण आउने बताउनुभएको थियो।
विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य वासुदेव पाण्डेले मानवतावादी जयपृथ्वीबहादुर सिंहको बारेमा धारणा राख्नुभएको थियोे ।
कविता गाेष्ठीमा खेमराज ओझा बतास (नेपाली), सागर कुश्मी (थारू), गणेश नेपाली (डाेटेली), पदम राना (राना थारू), फाल्गुणा दाहाल (नेपाली), पूर्णबहादुर मल्ल (बझाङ्गी), मिहिलाल उपाध्याय पुष्प (नेपाली) र रियल तेज कापडी (नेपाली)मा कविता वाचन गर्नुभएकाे थियाे।
सभाध्यक्ष सुदूरपश्चिम साहित्य समाजका उपाध्यक्ष हरिकृष्ण कडायतले सुदूर पश्चिमको सांस्कृतिक पहिचानलाई बचाउन जोड दिँदै बझाङी भाषामा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष टोपेन्द्र शाह र सञ्चालन समाजका महासचिव गणेश नेपालीले गर्नुभएकाे थियो।
०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































