फित्काैली डटकमअनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरले मनायो भानु जयन्ती
प्रमुख अतिथि अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले हुनुहुन्थ्यो भने अतिथिमा प्रा.धर्मराज कोइराला लोककवि सुरेशकुमार भट्ट हुनुहुन्थ्यो । कार्यक्रम अनेसास उत्तरी क्यालिफोर्नियाका अध्यक्ष बाबु आचार्यको अध्यक्षतामा भएको थियो।

क्यालिफाेर्निया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, उत्तरी क्यालिफोर्निया च्याप्टरको आयोजनामा २१२औँ भानु जयन्ती मनाइयो अमेरिकाको क्यालिफोर्निया राज्यको बे एरियामा अवस्थित मुक्तिनाथ धाममा २१२औँ भानु जयन्ती मनाइएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले हुनुहुन्थ्यो भने अतिथिमा प्रा.धर्मराज कोइराला लोककवि सुरेशकुमार भट्ट हुनुहुन्थ्यो । कार्यक्रम अनेसास उत्तरी क्यालिफोर्नियाका अध्यक्ष बाबु आचार्यको अध्यक्षतामा भएको थियो।
कार्यक्रम सञ्चालन उपाध्यक्ष दीपक पाठक, सचिव भरत डाँगी र कोषाध्यक्ष कुमारी कट्टेलले पालैपालो गर्नु भएको थियो। कार्यक्रमको सुरुवात स्वस्ती वाचनबाट गरिएको थियो । त्यसपछि प्रतियोगी तथा अप्रतियोगी गरी दुई चरणमा कविहरूबाट कविता वाचन गरिएको थियो । लोककवि सुरेशकुमार भट्टले भानुभक्तको सम्झनामा बिर्के टोपी (एक दर्जन), रामायणको पुस्तक (एक प्रति), एक जोर दौरा सुरुवाल, पटुका, पट्टा (दोसल्ला), झण्डा तथा अनेसास अध्यक्षलाई प्रतिवर्ष भानु जयन्तीको अवसरमा प्रयोग गर्न मिल्ने सौगात स्वरूप हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा हास्यव्यङ्ग्य कवि नवराज कार्की, पद्म प्रसाद नेपाल र डा. टिका लम्साल निर्णायकको भुमिकामा हुनुहुन्थ्यो।
यस कार्यक्रममा नौ जना प्रतियोगी कविहरू थिए भने अन्य २० जना अप्रतियोगी कविहरू थिए। धेरै स्रष्टाहरूले छन्दमा, गद्यमा साथै व्यङ्ग्य कविताहरू र गजल मुक्तकहरु सुनाउभएको थियो। प्रतियोगी कविहरूमध्ये बालकुमारी घिमिरे प्रथम इन्दु तामाङ दितीय र हिमेश भट्टराई तृतीय हुनुभएको थियो।
यसै अवसरमा रियल्टर अनिल अर्यालले आफ्ना पिताको नाममा $301 डलर प्रा.धर्मराज कोइरालाले आफ्ना दिवङ्गत बाआमाका नाममा $201 अमेरिकी डलर र तथा रियल्टर दिनेश रावलले $51 डलरको पुरस्कार कोश स्थापनाका लागि योगदान गर्नुभएको छ । उक्त कोशबाट प्रत्येक वर्ष विजयी कविलाई पुरस्कार प्रदान गरिनेछ ।
कोशका संस्थापकलाई कार्यक्रमबाट बधाई तथा धन्यवाद दिइएको थियो । यसका साथै, छ जनालाई जनही $20 डलरको सात्वना पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई आयोजकद्वारा हार्दिक धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरिएको थियो ।
०००
नारायण भट्टराईकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































