साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानकाे १४९ औँ श्रृङ्खला सम्पन्न

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न गाेष्ठीमा प्रमुख आमन्त्रित कवि प्रभाति किरणकाे गरिमामय उपस्थिति रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ साउन १७ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४९ औँ नियमित स्वतन्त्र विधा भौतिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भयाे ।

एडमार्क कलेज कलङ्कीकाे समाकक्षमा सम्पन्न गाेष्ठीमा प्रमुख आमन्त्रित कवि प्रभाति किरणकाे गरिमामय उपस्थिति रहेकाे थियाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, मुक्तक रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए । कविता सुमधुर लयमा सर्जकले सुनाए ।

यस गरिमामय गोष्ठीमा भुवनहरि सिग्देल, प्रभाति किरण, डा.बमबहादुर थापा जिताली, हरि खनाल, निर्मलरमण पराजुली, सुशीलकुमार रिजाल, जगदीश्वर पोखरेल, उषा बस्ताकोटी, गङ्गा आचार्य, उत्तम भेटुवाल, सुधा बाँस्कोटा ढकाल, हरिप्रसाद खतिवडा, सरिता खतिवडा, खडानन्द पुडासैनी, दुर्गा रिमाल अधिकारी, सीता पाण्डेय, बिनुबाबा घिमिरे, वीरबहादुर लोहनी, शारदा आचार्य र टेकबहादुर लौडारी हुनु हुन्थ्यो ।

प्रमुख अतिथि प्रभाती किरणलेले अनुपम सिर्जना प्रतिष्ठानले छन्दको उन्नयनमा योगदान गरिरहेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो । सर्जक नबाँचे पनि कविता बाँच्नुपर्छ भन्नु भयो ।

उपाध्यक्ष जगदीश्वर पोखरेलले स्वागत मन्तव्यका क्रममा अनुपम १४ वसन्तमा प्रवेश गरेको छ भन्दै संस्थाको गतिविधिका बरेमा संक्षित्त जानकारी दिनु भयो । सर्जकहरूकै माया सद्भावले संस्था जीवन्त रहेको छ । यो सबैको साझा चौतारी हो भन्नु भयो ।

यस अवसरमा कवि सुशीलकुमार रिजालाई सभाध्यक्ष भुवनहरि सिग्देलले आजीवन सदस्यको प्रमाणपत्रले सम्मान गर्नु भयो । कवितामा अलङ्कार हुनु पर्दछ । बिम्व हुनु पर्दछ । भाषा मात्र कविता होइन । प्रयास गरे सफल हुन सकिन्छ भन्नु भयो । संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई र एडमार्क कलेजले आश्रय दिएकोमा धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।

संस्थाकी महासचिव सुधा बाँस्कोटा ढकालले कुशल किसिमले समारोहको संयोजन गर्नु भएको थियो ।

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x