साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नागार्जुन बाङ्मय जदौ पुरस्कार’ २०८२ डा. रमेश शुभेच्छुलाई

नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा. तुलसी भट्टराईका प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सो पुरस्कार यसै वर्षदेखि दिन थालेको कुरा प्रतिष्ठानका सचिव युवराज नास्तिकले बताउनुभयाे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ साउन १७ । दाहाल यज्ञनिधिको ७२ औँ जन्मजयन्तीका अवसरमा एक विशेष समारोहका बिच युवा साहित्यकार डा. रमेश शुभेच्छुलाई नागार्जुन बाङ्मय जदौ पुरस्कार २०७२ समर्पण गरेको छ । पुरस्कारको राशी नगद रु. १५०१५ रहेको छ ।

नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा. तुलसी भट्टराईका प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सो पुरस्कार यसै वर्षदेखि दिन थालेको कुरा प्रतिष्ठानका सचिव युवराज नास्तिकले बताउनुभयाे ।

साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउन खेलेको भूमिका उल्लेख्य रहकाले उहाँलाई पुरस्कृत प्रतिभाका रुपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताउनुभयो ।

कार्यक्रममा नगद पुरस्कारसहित प्रमाणपत्र प्रमुख अतिथि डा. भट्टराईले अर्पण अर्पण गर्नुभयो । भट्टराईले प्रमुख अतिथिका रुपमा समारोहलाई सम्बोधन गर्दै शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको कामको कदर भएको बताउनुभयो । उहाँले शुभेच्छुको सक्रियताको पनि चर्चा गर्दै प्रतिष्ठानले सही पात्र छनोट गरी पुरस्कृत गरेको बताउनुभयो । उहाँले थप्नुभयो पहिलो प्रतिभा योग्य भएपछि पुरस्कारको गरिमा पनि उत्तरोत्तर बढ्दै जाने परम्परा छ ।

कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालाका कविताबारे र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गर्नुभयो । भट्टराईले दाहाल परिवर्तन पक्षधर कवि भएको बताउनुभयो । अर्का वक्ता डा. मञ्जनले दाहालका केही निबन्ध निबन्ध कलाका दृष्टिले कमजोर भए पनि विचारका दृष्टिले अग्रगामी भएको निष्कर्ष प्रस्तुत गर्नुभयो ।

डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा.रमेश शुभेच्छुको परिचय दिने क्रममा उहाँ सिर्जना समीक्षा, संगठन, पाठ्यपुस्तक लेखन र साहित्यिक पत्रकारिताका बहुआयामबाट सक्रिय प्रतिभा हुनुहुन्छ र उहाँलाई यो पुरस्कार नदिएको भए अन्याय हुने थियो भन्ने मत राख्नुभयो ।

कार्यक्रममा प्राज्ञ अगिव वनेपाली, पत्रकार यशोदा अधिकारी, पुरस्कार अक्षयकोश संस्थापक सुधा दाहाल, महेश प्रसाईं, रामप्रसाद पन्तलगायतले दाहालका जीवनी व्यक्तित्व र कृतित्वको परिचय दिनुभयो ।

समारोहमा सम्मानित प्रतिभा डा. रमेश शुभेच्छुले दाहालको दैलोमा स्रष्टाहरुको लोकतान्त्रिक मोर्चा गठन र यसको विस्तारका दिनको सम्झना गर्दै उहाँ एक विशिष्ट सञ्चारकर्मी, शिक्षासेवी, साहित्यकार र समाज परिवर्तनका संवाहक अभियन्ता हुनुहुन्थ्यो भन्नु भयो । उहाँ व्यक्ति मात्र नभएर समाजको अग्रगमनको आवाज बोक्ने संस्था बन्दै जानुभएको, उहाँका नाममा आरम्भ भएको पुरस्कार पहिलो पटक प्राप्त गर्दा मलाई खुसी लागेको छ, शुभेच्छुले भन्नु भयो । ।

कार्यक्रममा अग्रज साहित्यकार, कोशकार प्रा. डा.वद्रीविशाल भट्टराई, प्रा. लालानाथ सुवेदी, डिल्लीराज अर्याल, चेतनाथ धमला, खगेन्द्र दाहाल, भीष्मराज काफ्‌ले, रुवी सत्याल, सरस्वती पाण्डे, नगिन तामाङ, शिक्षासेवी दामोदर कोइराला, भोला चालिसेलगायत सञ्चारकर्मीहरु दिनेश खरेल, कुलराज घिमिरे, लुइटेल दिनेश, जयराम बिडारीसजना तिमल्सिना आदिको बाक्लो उपस्थिति रहेको थियो ।

समारोहमा देवु लुइटेलले दाहालका छ वटा कविता प्रस्तुत गर्नुभएको थियो भने कवि रत्ननिधि रेग्मी शुक्राचार्य, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गर्नुभएको थियो ।

नागार्जुन प्रतिष्ठानको हरेक शृङ्खलामा समीक्षकलाई सम्मान गर्ने नियमअनुसार समीक्षकद्वय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कवि पूर्ण विरामका दुई कविता वाचन भएका थिए । तीमध्ये एएटा कविताको प्रभावकारी वाचनका लागि रु १००० नगत सहित यम बाँस्तोला पुरस्कृत हुनुभयो भने । श्रष्टा विशेष कविता वाचनमा दाहालका कविता वाचन गरेर देवकुमारी लुइटेल पनि प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो ।

०००
सरस्वती पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramesh
Ramesh
9 months ago

हार्दिक धन्यवाद हार्दिक धन्यवाद फित्कौली अनलाइनलाई

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x