साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइराइडका लेखक कार्कीद्वारा हास्यव्यङ्ग्य पुरस्कारको स्थापना

पुरस्कारको राशि प्रथम २० हजार, द्वितीय १० दश हजार र तृतीय ५ हजार रूपैयाँ रहेकाे छ। तेस्राे पुरस्कार दुई जनालाई प्रदान गरिने छ। बाङ्गा अक्षर समूहले हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता छिट्टै आह्वान गर्दै छ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ साउन १९ । हास्यव्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीले ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ काे स्थापना गरेका छन्। नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन गर्न उक्त पुरस्कारकाे स्थापना गरिएकाे हाे।

निबन्धकार कार्कीले विद्यार्थीलाई हास्यव्यङ्ग्य लेखनमा अभिप्रेरित गराउन आफ्नाे हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘खाइराइड‘ काे नाममा उक्त पुरस्कारकाे स्थापना गरेका हुन् ।

नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले यो पुरस्कार विद्यालय तहका नेपालीभाषी विद्यार्थीहरूमा हास्यव्यङ्ग्य प्रतियोगिता मार्फत प्रदान गरिने छ।

भानुभक्त, देवकोटा र भैरव अर्यालले रोपेको नेपाली हास्यव्यङ्ग्य साहित्यको बिरुवालाई यो पुरस्कारले थप मलजल पुग्ने अपेक्षा गरिएकाे छ।

नेपाली हास्यव्यङ्ग्य विश्वव्यापी अभियानमा जुटेको बाङ्गा अक्षर समूहले यो पुरस्कारको व्यवस्थापन गर्ने भएकाे जानकारी नारायण भट्टराइले दिएका छन्।

पुरस्कारको छनोट हास्यव्यङ्ग्य निबन्ध, कथा र कवितामध्ये कुनै एक विधामा हरेक वर्ष प्रतियोगिता आयाेजना गरिने बाङ्गा अक्षरले जनाएको छ। यो वर्षको प्रतियोगिता हास्यव्यङ्ग्य निबन्धमा हुने छ। बाङ्गा अक्षरको स्थापनाको प्रथम वर्षको अवसरमा पुरस्कार घोषणा गरी प्रदान गरिने बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले बताए।

पुरस्कारको राशि प्रथम २० हजार, द्वितीय १० दश हजार र तृतीय ५ हजार रूपैयाँ रहेकाे छ। तेस्राे पुरस्कार दुई जनालाई प्रदान गरिने छ।

बाङ्गा अक्षरले हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता छिट्टै आह्वान गर्दै छ। प्रतियोगितामा संसारभरका नेपालीभाषी १२ कक्षासम्मका विद्यार्थीले भाग लिन सक्ने छन्। बाङ्गा अक्षरले सहभागी हुने प्रक्रियासहित विद्यार्थीहरूमा जानकारी छुट्टै प्रकाशित गर्ने भएकाे छ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
11 months ago

शुभ कर्म ! जय होस् 🙏

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x