साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता प्रगतिमा नित मग्न हुन्छन्

यी सौख्यका पगरी हुन् नित मुस्कुराई बोल्छन् सबैसँग भला हुन चोट खाई आहा ! सबैतिर भई मनमाझ पुग्छन् मातापिता प्रगतिमा नित मग्न हुन्छन् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

फाल्छन् कहाँ समय ती श्रमभित्र खार्छन्
रोपेर बीज विरुवा अनुकूल पार्छन्
अल्छ्याइँ छैन कहिल्यै श्रममै नुहुन्छन्
मातापिता प्रगतिमा नित मग्न हुन्छन् ।। १

चोखो विचार मनमा जहिल्यै उमार्छन्
हुन् पात्र सज्जन यिनै दुनियाँ सपार्छन्
मैलो पखाल्न खटिँदा अति हर्ष मान्छन्
मातापिता प्रगतिमा नित मग्न हुन्छन् ।। २

खर्चेर आयु सबले बलबुद्धि खार्दै
सन्ताननिम्ति दिनऔँ पथचित्र कोर्दै
बन्छन् सदैव अगुवा हितकार लाग्छन्
मातापिता प्रगतिमा नित मग्न हुन्छन् ।। ३

शिक्षा निकेतन बनी बटुली प्रकाश
छर्छन् पवित्र दिलले सब माझ खास
सन्ताननिम्ति धरणी सय बार घुम्छन्
मातापिता प्रगतिमा नित मग्न हुन्छन् ।। ४

यी सौख्यका पगरी हुन् नित मुस्कुराई
बोल्छन् सबैसँग भला हुन चोट खाई
आहा ! सबैतिर भई मनमाझ पुग्छन्
मातापिता प्रगतिमा नित मग्न हुन्छन् ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x