साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तकहरू

सत्ताको मादले मस्त घुर्दै छन् सपना बुनी दिए हो कसले दैव नेतालाई यही जुनी हत्याको खेल ख्लेर राज्य सत्ता समाउने यी आफ्नै जनता बेची पैसाको लाउँछन् धुनी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

(संसद भवनमा निदाउने नेतागणमा केन्द्रित )

१)
बगायौँ रक्तका धारा आउला सभ्य शासन
मिल्नेछ जनमा काम मिल्नेछ खान रासन
आशाा भाँचिए बेर्ना निराशा आज फल्दछ
नेतालाई मिलेका छन् सुत्नका लागि आसन ।

२)
बिहान साँझ दौडिन्छन् भत्ता सत्ता मिलाउन
यसो फुर्सद पाएका कुर्सीमा नै निदाउन
सुख्खाबाट सयौं मान्छे प्रभावित भए पनि
बाढी वा पहिरो आओस् चाहे लागोस् बगाउन ।

३)
सत्ताको मादले मस्त घुर्दै छन् सपना बुनी
दिए हो कसले दैव नेतालाई यही जुनी
हत्याको खेल ख्लेर राज्य सत्ता समाउने
यी आफ्नै जनता बेची पैसाको लाउँछन् धुनी ।

४)
सुत्नका लागि मान्छेका नलेऊ ज्यान है अब
घरैमा सुत पाजी हो भ्रष्टका नाइके सब
सपना देख्नु नै पर्छ राम्रो भोलि बनाउन
निदाओस् मस्त नेतृत्व व्यवस्था गर केशव ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x