साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हूँ “मुसो” दि ग्रेट- पहलमान

म हूँ "मुसो" दि ग्रेट - पहलमान जुँगा बटार्दै देखाउछु आफ्नो शान। हाम्रो सानो दाँत, धारिलो हतियार, हेरूँ को यहाँ म जतिको-बलवान ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म हूँ “मुसो” दि ग्रेट – पहलमान
जुँगा बटार्दै देखाउछु आफ्नो शान।
हाम्रो सानो दाँत, धारिलो हतियार,
हेरूँ को यहाँ म जतिको-बलवान?

मानिसले सधैं हामीलाई मारेको।
जति मारे पनि,नसकेर छ हारेको
मेरो अगाडि उसको केही नलागेर
लड्डु चढाएर गणेशजी गुहारेको ।

हो सानो मेरो कर्म छ ठूलो
जे पायो त्यही पार्छु धुलो
हेरूँ कसले रोक्छ मलाई
जहाँ पायो बनाउछु दूलो।

लडिरहेका निरन्तर अनिर्णित युद्ध
मानिसले पासो थाप्छ भएर क्रुद्ध
जहाँ पायो-त्यो खायो सिध्यायो
हाम्रो युद्धको गति हुँदैन अवरुद्ध

राजपथ हाम्रो नाला नाली
मोटाउछौ नीत खाएर गाली
लाज आफ्नो बेचि सकेछौं
पाक्दै पुग्छौं खानलाई बाली।

गोदाममा जब थुपारिन्छ धान,
खान धान पुग्छ मुसाको बथान,
योद्धा- जहरिला खान्छन् गोली
गोदाम बन्छ त्यो युद्धको मैदान।

गरीबको झुपडी होस वा दरबार
कसैले लाउन सक्दैन कतै छेकबार
महंगो जहाज पनि हुन्छ बेकार
जब काटिदिन्छौं इन्जीनको तार।

म हूँ “मुसो” दि ग्रेट – पहलमान
जुँगा बटार्दै देखाउछु आफ्नो शान।
हाम्रो सानो दाँत, धारिलो हतियार,
हेरूँ को यहाँ म जतिको-बलवान ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x