साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुराचार सुराचार कुराचार लोकाचार र दोचार

संसारमा यिनै पञ्चाचार दुराचार सुराचार कुराचार लोकाचार र दोचारकै शासन चलेको छ । विश्वकै शासक मै हुँ भन्नेको ढाडमा ब्रह्माण्डभन्दा बृहत् आकारको यिनै पञ्चाचारको भारी दुनियाँले देखकै छ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

भनेको त धेरैपटक सुनियो आचार बिचार दुवैमा जहिलेसुकै बेस्सरी ध्यान पुर्‍याउनु नत्र पर्ला केही न केही गुमाउनु । कुरो त बुझ्नेका लागि चौरमा उन्रेर लुगामा बिझ्नेचाहिँभन्दा पनि मननयोग्य नै हो । लुगाबिझ्ने कुरोले मनमा अल्लि कमै बिझाउँछ । तर मनमै बिझ्ने कुरो आएपछि महत्त्वपूर्ण हो भन्ने थाहा पाएपछि अल्लि बढी ध्यान त दिनैपर्‍यो । आखिर आचार बिचार अन्तर्गतकै त हुन सदाचार दुराचार सुराचार कुराचार लोकाचार अनि दोचार । कतिपय अवस्थामा त अझ मानसिक लछारपछार थेचार निचार समेत यसैको सिमाना भित्र रमाना भएका हुन्छन् ।

भन्नलाई त सजिलै भो चियापसलमा होस् कि दियापसलमा लियापसलमा होस् कि खियापसलमा चुरा पसलमा होस् कि कुरा पसलमा किराना पसलमा होस् कि बिरानापसलमा यस्सो एकदुई जोर जोरिपारी भेट्यो कि भन्दिइहाले भो । तर भन्न भन्दा असजिलो गन्न गन्नभन्दा असजिलो ठसठस कन्न त हो क्यारे । त्यसैले यो कुरा भन्नेले अनि भन्नेहरूले आफ्नै व्यवहारमा यहि बोलीको पालन गरे कि गरेनन कुन्नि । आफू राष्ट्रिय चियोचर्चो मन्तरी परिएन त्यसैले त्यो बाटोको यात्रा गरिएन । अब बाँकी कुरो र त्यसको चुरो भनेको औंलो आफैंतिर सोझ्याउने हो ।

खासगरी दुराचार सुराचार कुराचार दोचार र लोकाचार वर्तमान समयका पञ्चरत्न नै भए । यि सबैका मिश्रण बनाएर मन मष्तिष्कमा गहना लगाउनेहरुको कल्पनाभन्दा बाहिरको जुलुसै छ । शायद त्यसैले होला हाम्रा पूर्खाहरूले यसैसँग सम्बन्धित उखानै बनाए — बाहिर बाहिर लोकाचार भित्रभित्र पोकापार । भित्रभित्र त कतिले पोका पारे , कतिले बोका पारे, कतिले धोका पारे त्यो त कसलाई के थाहा ? आखिर के त भन्दा खेरी सक्नेले देख्ने हर्कत वर्कत त उहीँ बोक्रे अर्थात् बाहिरी नै हो ।

संसारमा यिनै पञ्चाचार दुराचार सुराचार कुराचार लोकाचार र दोचारकै शासन चलेको छ । विश्वकै शासक मै हुँ भन्नेको ढाडमा ब्रह्माण्डभन्दा बृहत् आकारको यिनै पञ्चाचारको भारी दुनियाँले देखकै छ । सानै हो भनिएको देशमा पनि दुराचार सुराचार कुराचार लोकाचार दोचारको अपरम्पार भण्डार दरबारमा राज भएको देखिएको हुँदै हो । आखिर दरबारहरूका तरबारका एक महत्त्वपूर्ण भाग भनेका यिनै दुराचार सुराचार कुराचार लोकाचार दोचार नै रहेछ ।

हुँदोभन्दा नहुँदो बढी गरिगरी मरिहत्ते र धपेडी सत्ता भत्ता हतियार मतियार बेइज्जत बेइमानी सबै गर्न र तिनलाई संस्थागत गर्न आफ्नालाई सपार्न निर्दोषलाई झपार्न यताको कुरो उता लगाउन उसलाई उक्साउन त्यसलाई तर्साउन बिचरामाथि बर्साउन केही उपद्रो नगरेकोजस्तो भ्रम पार्न देखावटी लिस्नु झ्याङ पलाएको सिस्नु बनाउनैपर्‍यो । सोझासिधाको एउटा कुरा पाए त्यसलाई चारवटा फूलबुट्टा भरेर कुराचार अनि त्यसलाई यता र उता कटुवालीकरण गरेर दोचार भैगो ।

बृहन्नारदियसंहिता अर्थात नारदपुराणले नै स्वयम् नारदलाई नै नभनेको कुरौटे आफ्ना अह्रौटे भौरौटेले भन्दैनन् अरुले भनिहाले अनेक अन्यायका झञ्झट झमेला झोलाका झोला छँदैछन् ।

हुन पनि संसारको कुनचाहिँ देशका शासकहरूले यहाँ उल्लेखित पञ्चाचारको प्रयोग गरेका नहोलान् र यहाँका पनि पन्छिनु र एकातिर थन्किनु । यिनको पालन नगरे त न हाम्रो भुँडी भरिन्छ न हाम्रो वरिपरि कौडे मुन्द्रे जुम्रे जगल्टे कुकुरभुत्लेहरूको लुँडी लाग्थ्यो । त्यसमाथि तन्त्रको हिसाबले जे सुकै भने पनि यो अवस्थाका जनक अनि उडुस उपियाँ जुम्रा जुका किर्ना लाम्खुट्टे कोरोना आदिको त राजै हामी । नपत्याए हाम्रो लोकाचार नामक नाटक छोडेर बाँकी दुराचार सुराचार कुराचार दोचार नियाल्नुस् ।

अरूका लागि जे भए पनि हामी जस्ता सत्ता भत्ता हतियार मतियारधारीहरूको लागि यी त नामले पञ्चाचार भने पनि हुनलाई पञ्चशील नै हुन् । हाम्रा लागि यीबाट छँदैछैन बैगुन । यिनै बिना आउँदैन हामिकहाँ सुन । यिनैबिना बन्दैनन् जनता नामका रुन्चेहरू पिसिने लसुन । त्यसैले एकदम रौरवसाथ उर्लँदै कुर्लँदै हामी भन्छौं – दुराचार सुराचार कुराचार लोकाचार दोचार, गणतन्त्र सुशासन सङ्घियताको महा आधार । जनतालाई बनाउँदै रुनि कराउनी हामीले बचाउने यहि हो सञ्जीवनी ।

०००
२०८२ साउन १७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x