साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्न थाले गाँठे !

स्वदेशको माटोबाट बाटो अन्तै बने विदेशको उन्नतिमा खाल्टो यता खने । खाल्टोभित्र स्वतन्त्रता पार्न पनि आँटे स्वाभिमानी राष्ट्रियता मार्न थाले गाँठे !!

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

सिद्धिन्छ कि ! सेटिङमा मुलुकको मुटु
सम्झ्यो कि त ! खान्छ मेरो मुटु कुटुकुटु ।
दायाँ–बायाँ गरी–गरी घुमेको छ जाँतो
हातो अन्तै दिएकाले गएको छ सातो ॥

नातागोता पर्नेहरू धुरी चढेका छन्‌
योग्यता र क्षमतामा दूरी बढेका छन् ।
नीति बन्यो देश छोडी परदेश जाने
यसैलाई समृद्धिको मूल मन्त्र ठाने ॥

युवाहरू विदेशिए जन्त गएसरि
मुलुकको खेतबारी बाँझो हुने गरी ।
भन्ने गर्थे जन्तभन्दा अन्त जान निको
किन गर्छन् विदेशीको विकृतिको सिको ?

पौरख र मौतिकता पुग्यो कता–कता
सिलो खोज्न परेको छ राष्ट्रियता यता ।
ऋषिमुनि हटाएर सिसीमुनि आए
मौलिकता राष्ट्रियता स्वाधिनता खाए ॥

स्वदेशको माटोबाट बाटो अन्तै बने
विदेशको उन्नतिमा खाल्टो यता खने ।
खाल्टोभित्र स्वतन्त्रता पार्न पनि आँटे
स्वाभिमानी राष्ट्रियता मार्न थाले गाँठे !!

भर्न थाले विदेशी ढुकुटी
पार्न थाले स्वदेशी सुकुटी ॥

०००
– नागार्जुन न.पा.– १, रानीवन, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x