साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानकाे ८७ औँ शृङ्खला सम्पन्न

भेषजराज साहित्य प्रतिष्ठानले वालिङ बहुमुखी क्याम्पसको सभाहलमा आफ्नो चौथो साधारण सभा एवम् नियमित रनावाचनको ८७ औँ शृङ्खला सम्पन्न गरेको छ ।

Nepal Telecom ad

वालिङ, स्याङ्जा २०८२ साउन ३१ । भेषजराज साहित्य प्रतिष्ठानले वालिङ बहुमुखी क्याम्पसको सभाहलमा आफ्नो चौथो साधारण सभा एवम् नियमित रनावाचनको ८७ औँ शृङ्खला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. शालिग्राम सुवेदीले साहित्यको महत्त्व र आवश्यकताका बारेमा बोल्दै साहित्यले सबैलाई जोड्ने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले भेषजराज शर्माले शर्माले पुर्याएको योगदानको चर्चा गर्दै प्रतिष्ठानले साहित्यका क्षेत्रमा महत्त्व योगदान पुर्याएको जानकारी गराउनुभयो ।

कार्यक्रमका अर्का अतिथि मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले कार्यक्रम सफलताको कामना गर्दै भगवान् श्रीकृष्णको जन्म र कार्यको चर्चा गर्दै कृष्ण स्वयम भगवान् हुनुहुन्छ भन्नेकुरा व्यक्त गर्नुभयो ।

यसैगरी अर्का अतिथि रणवीर जनहित मा. वि. का प्रधानाध्यापक लक्ष्मी रेग्मीले पनि आफ्नो शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रमा आँधीखोला सञ्चार सहकारीकी अध्यक्ष शान्ता थापाले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा कृष्णप्रसाद अर्याल, प्रेमप्रसाद सुवेदी,दमकला बगाले, विष्णु पंगेनी पाण्डे, इन्द्रप्रसाद पाठक, कमल बगाले, दिलीप तिवारी, मिठू अर्याल रेग्मी, लेखनाथ काफ्ले, अमृत रेग्मी, ढालबहादुर केसी, डोलराज सुवेदी, निलकण्ठ लम्साल लगायतले आआफ्ना रचनवाचन गर्नुभएको थियो ।

कार्यक्रममा पूर्णामृत भवानी माविका प्रअ दीपक लम्साल, मातापिता प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष प्रदीप बगाले, ताराप्रसाद श्रेष्ठको विशेष उपस्थिति रह्यो ।

कार्यक्रमा ध्रुवराज उपाध्याय, अनन्त अर्याल र ढालबहादुर केसीको तीन सदस्यीय अध्यक्ष मण्डले एक जना सदस्य कार्यसमितिले मनोनयन गर्ने गगरी १२ सदस्यीय कार्यसमिति निर्वाचि त गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष यमकान्त खनाल, उपाध्यक्ष विष्णुप्रसाद अर्याल, सचिव श्यामप्रसाद ढुङ्गाना, सह सचिव कमल वगाले, कोषाध्यक्ष शम्भु अर्याल, सदस्यहरूमा लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, दीपक लम्साल, भीष्म आले, मिठु अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे र डोलराज सुवेदी निर्वाचित हुनुभयो ।

०००
श्याम ढुङ्गानाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x