साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिको बिर्को

जुन चिज मैले दिन सकिनँ। आज त्यसैको खोजीमा छु। अनि आफैंलाई धिक्कार्दै सान्त्वना दिँदैछु- जे रोप्यो त्यही फल्ने रहेछ।

Nepal Telecom ad

आर.सी रिजाल :

म परिवारको पिता हुँ र २/३ गोटा संस्थाको संस्थापक पनि ।

म पिता / संस्थापक भएको कारण उनिहरुले संधै मेरो भनाइ मान्नुपर्छ भन्ने सोचमा रहेछु। उनीहरुले गरेको मायालाई मैले खासै वास्ता गरिनँ। कारण उनिहरुले मलाई त मान्नै पर्छ भन्ने घमण्ड पलाएको रहेछ।

पदाधिकारी वा सन्तानले अन्जानमा गरेका गल्तिलाई मैले कदापि क्षमादान दिन सकिनँ/जानिनँ। मभन्दा सक्षम भए तापनि मैले बढी भोटो फठाएको भनी मनमा खोटो टाँसेको रहेछु। आज सन्तान विदेशमा,संस्थाका नवांगतुकले चिन्ने कुरै भएन। अझ पनि सन्तानले मलाई खोजुन् र संस्थाले सधैं महत्त्वपूर्ण भूमिकामा रोजुन् भन्ने लागि रहन्छ।

सन्तान वा संस्थालाई जन्म दिएर मात्र हुँदोरहेनछ। उनीहरुलाई असल संस्कार र माया दिएर हुर्काउनु अभिभावकको कर्तव्य हुँदोरहेछ। म भने कर्तव्य बिर्सिएर अधिकार मात्र खोज्दो रहेछु। म जिउँदो इतिहास भनेर घमण्ड गर्नु बेकार रहेछ। जुन चिज मैले दिन सकिनँ। आज त्यसैको खोजीमा छु। अनि आफैंलाई धिक्कार्दै सान्त्वना दिँदैछु- जे रोप्यो त्यही फल्ने रहेछ।

समयले नेटो काटेपछि म स्वाँठको बल्ल बुद्धिको बिर्को खुल्यो।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x