साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकसय साठीऔँ मोती जयन्तीमा छ जना स्रष्टा सम्मानित

उदयपुर साहित्य कला प्रतिष्ठानले चौथो वार्षिक साधारणसभा तथा १६० औ मोती जयन्तीका अवसरमा छ जना स्रष्टाहरुलाई सम्मान गरेको हाे ।

Nepal Telecom ad

उदयपुर, २०८२ भदौ ७ । उदयपुर साहित्य कला प्रतिष्ठानले चौथो वार्षिक साधारणसभा तथा १६० औ मोती जयन्तीका अवसरमा छ जना स्रष्टाहरुलाई सम्मान गरेको छ ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले मोतीराम भट्ट ३१ वर्षकै उमेरमा परलोक भए पनि उनले देखाएको बाटोमा नेपाली साहित्य हिडिरहेको र नेपालमा गजल लेखनको पहिलो खुड्किलो चढ्ने काम उहाँबाट नै भएको बताउनु भयो ।

मोतीराम भट्टले शुरु गरेको गजल लेखनले आजसम्म आइपुग्दा एउटा इतिहास बनाएकोले पछिल्लो पुस्तामा गजल लेखन कार्यले निरन्तरता पाइरहेको प्रमुख अतिथि पोखरेलको भनाई रहेको छ । सो कार्यक्रममा सम्मानित हुने सह प्राध्यापक रविन्द्रराजा शाहीले आफुलाई सम्मानित हुने हुन्छु भनेर नचिताएको र आज सम्मानित हुन पाउँदा मदन पुरस्कार जगदम्बा पुरस्कार पाएभन्दा पनि बढी खुसी भएको बताए ।

अर्का सम्मानित स्रष्टा तथा अन्वेषक अनुसन्धाता तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले उदयपुरमा रहेका स्रष्टाहरुलाई उदयपुरकै संस्थाले यसरी सम्मान गर्नु हौसला दिनु हो भन्दै स्रष्टाहरुले भाषागत शुद्धतामा ध्यान दिनु आवश्यक रहेको बताए ।

सो कार्यक्रममा स्रष्टाहरु पुण्य कार्की, कौशल चेम्जोङ, त्रियुगा जनता बहुमुखी क्याम्पसका सह प्राध्यापक तथा अंग्रेजी साहित्यका धरोहर रविन्द्र राजा शाही, आयुर्वेदका ज्ञाता तथा शेर्पा समुदायबाट शास्त्री पास गर्ने पहिलो व्यक्ति छेइटु शेर्पा उर्फ तेजनारायण शेर्पा रञ्जन, पर्शुराम दाहाल (पर्शु पहरा) सम्मानित भएका छन् ।

पछिल्लो समयमा चर्चामा रहेकी कवयत्री तथा नियात्राकार भवानी खतिवडा भने राजधानीमै कार्यक्रममा व्यस्त भएकोले उपस्थित हुन नसकेको कारण उहाँलाई पछि सम्मान गरिने उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले बताए ।

उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सह प्राध्यापक डा. कैलाश कुमार राईको अध्यक्षतामा उपाध्यक्ष बासुदेव पोखरेलको स्वागत मन्तव्य र सचिव सरिता पौडेल गुरागाईको संचालनमा भएको थियो भने महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा त्रियुगा संगीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा र विलक कार्कीले सांगीतिक प्रस्तुती दिएका थिए । कविहरु उद्धव घिमिरे, पर्शू पहरा, सुमी पोखरेल, हरि विनोद खतिवडा, देवेन्द्र पोखरेल, हर्क श्रेष्ठ, टंक आले, सतिसाल जल, हिमालय पौडेल, युवराज थापा, सीमा कुमारी मास्के, गंगा कार्की रविन्द्र राजा शाही, कौशल चेम्जोङ, तेज नारायण शेर्पा रञ्जन,सरिता पौडेल गुरागाई,नद्दराज राउत, लक्ष्मी थापा, विदुर खड्का, शंकर थापा लगायतका दुई दर्जन बढी कवि तथा कवयत्रीहरुले मोतीराम भट्टले नेपाली भाष साहित्यका क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै रचना वाचन गरेका थिए ।

०००
माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Tanka ale magar
Tanka ale magar
9 months ago

Haardik badhaai sabaimaa.

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x