फित्काैली डटकममाेती जयन्तीसँगै भेषजराज प्रतिष्ठानकाे ८८औँ शृइ्खला
भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले १६०औँ मोतीजयन्तीका अवसरमा नियमित रचनावाचनको ८८औँ शृइ्खला सम्पन्न गरेको छ ।

स्याङ्जा, २०८२ भाद्र ७ । भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाले १६०औँ मोतीजयन्तीका अवसरमा नियमित रचनावाचनको ८८औँ शृइ्खला सम्पन्न गरेको छ ।
कुशे औँसी, मोतीजयन्तीको अवसर पारेर प्रतिष्ठानले वालिङ नगरपालिका सभाहलमा नियमित रचना वाचन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले मोतीरामले साहित्यका क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्दै भेषजराज साहित्य प्रतिष्ठानले नेपाली साहित्यिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
प्रतिष्ठानले विद्यालय, टोल तथा विभिन्न स्थानमा पुगेर रचना वाचन कार्यक्रम गर्दै आएको भन्दै यसले साहित्यको संवर्धनमा निकै ठुलो योगदान दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका प्राविधिक शाखा प्रमुख मणिप्रसाद तिवारीले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने योजना शाखा प्रमुख ढालबहादुर केसीले युवाकवि मोतीराम भट्टले साहित्यका क्षेत्रमा पुर्याउनुभएकको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, कृष्णप्रसाद अर्याल, ठाकुरप्रसाद सुवेदी, डोलराज सुवेदी, इन्द्रप्रसाद पाठक, पारीश्वर न्यौपाने, बोधराज न्यौपाने, विष्णु पंगेनी पाण्डे, दमकुमारी बगाले, प्रेमप्रसाद सुवेदी, निलकण्ठ लम्साललगायतले दिवंगत पितृहरूको सम्झनामा आधारित रचनाहरु वाचन गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका सहसचिव कमल बगालेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लेखनाथ काफ्ले र सञ्चालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।
०००
श्यामप्रसाद ढुंगानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































