साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विराटनगरमा छन्द वाटिका नेपालकाे माेती जयन्ती

कार्यक्रम छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापति एवम् प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Nepal Telecom ad

विराटनगर, २०८२ भाद्र ७ । मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा छन्द वाटिका नेपाल विराटनगरले मोती जयन्ती विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

युवाकवि मोतीराम भट्टको कृतित्व व्यक्तित्व तथा योगदानको उजागर गर्ने एवम्‌ उहाँप्रति श्रद्धा अर्पण गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विशेष वक्ता केशु विरही, प्राज्ञ खेम‌ नेपाली, प्रा. कविराज न्यौपाने, केशव गौतम लगायतले मोतीराम भट्टको जीवनी, कृतित्व, व्यक्तित्व तथा योगदानको चर्चा गरे ।

परिचर्चा पछिको रचना वाचन कार्यक्रम सत्रमा उमानाथ भट्टराई,गोपाल निर्भीक, लक्ष्मी घिमिरे, शुभलक्ष्मी लम्साल, चुडामणि अकिञ्चन, डोमी कामत, नवराज नवशीला, राधा भट्टराई, पुण्य चौलागाई, किरण अन्जान, जीवन काश्यप, बाबुराम पोखरेल, प्रिन्स प्रमोद, रमेश निरौला, सिजन श्रेष्ठ, सुसिला प्रसाई, गोविन्द ढुङ्गाना, शैलेन्द्र घिमिरे, मन्जु घिमिरे दाहाल, कञ्चन भट्टराई, भक्ति दाहाल, उमानाथ सागर लगायत तीन दर्जन श्रष्टाहरुले मोती विशेष कविता, गजल र मुक्तकहरू वाचन गरे ।

कार्यक्रममा मोरङ र सुनसरीका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रम छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापति एवम् प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव चिरञ्जीवी काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य शारदा भट्टराईद्वारा राखिएको थियो । वि सं २०७२ सालमा कवि हरि कट्टेलको संयोजनमा गठित छन्द वाटिका नेपाल विराटनगरले विशेष अवसर पारेर निरन्तर रूपमा अग्रज स्रष्टाहरूको सम्मान र स्मरण गर्ने, रचना वाचन गर्ने तथा कृति प्रकाशन गर्ने गतिविधिहरू गर्दै आएको छ।

०००
माधव पाेखरेल गाेज्याङ्ग्रेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x