साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि न्यौपानेको कृति  विमोचन तथा विमर्श र बृहत सिर्जना वाचन

कविकी आमा टीकाकुमारी न्यौपानेको अध्यक्षता तथा वरिष्ठ महाकाव्यकार व्यक्तित्व डा. नवराज लम्सालको प्रमुख आतिथ्यता एवम गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति माननीय भोजराज अर्यालको विशिष्ट आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

वालिङ, स्याङ्जा, २०८२ भदौ १४। युवा कवि पारिश्वर न्यौपानेको पहिलो साहित्यिक कृतिको रूपमा १११ वटा कविताको सङ्ग्रह “सिरौँला” को विमोचन तथा विमर्श एवम बृहत् सिर्जना वाचन समारोह- २०८२ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३६ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने साहित्यिक कार्यक्रमको रूपमा आयोजना गरिएको “सिरौँला” कविता कृति विमोचन तथा विमर्श एवम बृहत् सिर्जना वाचन समारोह- २०८२ शनिबार दिउँसो वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरिएको थियो।

कविकी आमा टीकाकुमारी न्यौपानेको अध्यक्षता तथा वरिष्ठ महाकाव्यकार व्यक्तित्व डा. नवराज लम्सालको प्रमुख आतिथ्यता एवम गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति माननीय भोजराज अर्यालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा “सिरौँला” कविता कृतिको विमोचनपश्चात् कविता कृति र कवि पारिश्वर न्यौपानेको कविता लेखनमाथि केन्द्रित रहेर वक्तात्रय लक्ष्मीप्रसाद रेग्मी, ध्रुवप्रसाद शर्मा पङ्गेनी र डा. शङ्करप्रसाद गैरेद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियोे भने माननीय भोजराज अर्यालद्वारा शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियोे ।

वालिङ- १३, बाह्रबिसे, थानपाटा, स्याङ्जामा वि.सं. २०३७ कार्तिक १८ गतेका दिन बुवा रत्नाखर न्यौपाने र आमा टीकाकुमारी न्यौपानेको कोखबाट जन्मिएका युवा कवि पारिश्वर न्यौपाने हाल लक्ष्मी माध्यमिक विद्यालय, वालिङ- १३, बोधीभञ्ज्याङ्, स्याङ्जा र पाइनियर्स हाइयर्स एकेडेमी, वालिङ, स्याङ्जामा शिक्षण पेशामा कार्यरत रहेर सिर्जना कर्ममा क्रियाशील छन् । रत्नटीका साहित्य संगम, वालिङ, स्याङ्जाका संस्थापक अध्यक्ष पारिश्वर न्यौपाने वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका अभियन्ता हुन् ।

जनसंख्याशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन पुरा गरेका पारिश्वर न्यौपानेको “सिरौँला” कविता कृति पहिलो साहित्यिक कृति हो । रत्नटीका साहित्य संगमद्वारा प्रकाशित र मिलन समीरद्वारा सम्पादन गरिएको प्रस्तुत कविता कृतिमा जीवनाभूति खण्ड अन्तर्गत १८ वटा, प्रेमानुभूति खण्ड अन्तर्गत ५८ वटा, समयानुभूति खण्ड अन्तर्गत १३ वटा र समाजानुभूति खण्ड अन्तर्गत २२ वटा कवितासहित जम्मा १११ वटा कविताहरु समावेश गरिएको छ । उनी विभिन्न समयमा भएका काव्य विधाकेन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसकेका छन् ।

अभियानका संस्थापक युवा कवि तथा निबन्धकार शम्भु अर्यालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको सहजीकरण वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरद्वारा गरिएको थियोे ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु पराजित रेशम गोतामे, प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, लोकहरि पाण्डेय क्षितिज, शोभाकान्त लम्साल, दिलीप तिवारी, विष्णु पङ्गेनी पाण्डे, गुरु ढकाल, तोरणराज बस्याल, वसन्त खनाल, डिल्लीराम भण्डारी, अनन्त अर्याल, लक्ष्मी रेग्मी खनाल, लेखनाथ काफ्ले, बोधराज न्यौपाने, सीताराम अधिकारी, कमला अधिकारी सिग्देल, भोजकुमारी पाण्डे, स्मारिका अर्याल, चण्डिकाप्रसाद भट्टराई, सुमन भट्टराई, सरस्वती अर्याल काफ्ले, दमकुमारी बगाले लगायतद्वारा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरिएको थियो ।

समारोहमा डा. नवराज लम्साललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

०००
मिलन समीरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x