साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रपतिबाट ‘राष्ट्रिय कविता महोत्सव -२०८२’का उत्कृष्ट दश कवि पुरस्कृत

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्समा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट दस जना कविलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा जनही रू चालिस हजार र कदरपत्र समर्पण गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ भदौ १६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्समा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ का उत्कृष्ट दस जना कविलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन ,शीतल निवासमा जनही रू चालिस हजार र कदरपत्र समर्पण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले”मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, सांस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य” रहेको बताउनु भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का उत्कृष्ट दस कविहरूलाई पुरस्कार समर्पण गर्दै उहाँले “नेपालका विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो” भएको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा- प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’’ राष्ट्रपति पौडेलले “नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व” पनि नेपाल प्रज्ञा- प्रतिष्ठानकै भएको बताउँदै प्रज्ञा-प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक बहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले “साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो” भन्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘साहित्य र समाज एक अर्काका पूरक हुन् । यो ज्ञान, संस्कार, संस्कृति र जीवन हो । यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ ।’’ राष्ट्रपति पौडेलले “अनुपम भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्परा रहेको नेपाल जस्तो देशको शान र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू भएको “बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसको संरक्षण, संवर्धन र विकासमा जुट्नु हाम्रो साझा दायित्व हो । सरकारले पनि प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गरी इतिहास निर्माणमा समेत योगदान दिने भाषा, साहित्य क्षेत्रको विकासलाई सधैँ प्राथमिकता दिनुपर्दछ ।’’

राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दसभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाई सम्मानपत्र तथा पुरस्कार समर्पण गर्नुभएको थियो ।

सम्मानित कविहरूमा सिराहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरका सन्ध्या महर्जन र चितवनको सिर्जन अविरल हुनुहुन्छ ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्रिय कविता महोत्सवको प्रथम ,द्वितीय र तृतीय गरी ५ जना पुरस्कृत हुने ढाँचालाई परिवर्तन गरेर उत्कृष्ट दस छनौट गर्ने प्रकृया अपनाएका हौ।यसमा ५ जना नेपाली भाषा र ५ जना मातृभाषाका कविका कविता पुरस्कृत हुँदै आएका छन् । यसबाट कम्तीमा पनि समावेशी र सहभागितामूलक ढङ्गले कविहरूको प्रतिनिधित्व रहने बताउनुभयो। राईले नेपालका सबै भाषाभाषीका कविहरूलाई समानतापूर्वक व्यवहार गर्ने बताए। नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य पद्य /काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्यका क्रममा राष्ट्रिय कविता महोत्सव २०८२मा इमेल र प्रत्यक्ष गरी ७८० वटा कविता प्राप्त भएका र त्यसबाट प्रकृयागत छनौटबाट उत्कृष्ट १०वटा कविता छानिएको बताउनु भयाे ।

यस्ता महोत्सवले प्रतिभाहरूलाई सशक्त र ऊर्जाशील बनाउने धारणा व्यक्त गरिन् ।कार्यक्रमको उद्घोषण गर्दै प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञिक समृद्धि ,भाषा,साहित्य र संस्कृतिको विकासमा प्रतिष्ठानले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै २०२२देखि हुँदै आएको कविता महोत्सवको प्रभावले राष्ट्रियस्तरमै थुप्रै सशक्त र प्रतिनिधिमूलक थुप्रै कविहरू देखा परेको चर्चा गर्नुभयो।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x