फित्काैली डटकमकर्मदा सृजना मञ्चकाे ५१ औँ काव्यगोष्ठी सम्पन्न
कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर डा. बमबहादुर थापा जिताली, विशिष्टमा कलानिधि दाहाल, गोविन्दप्रसाद घिमिरे वेदमणि लगायत हुनुहुन्थ्याे ।

काठमाडाै, २०८२ भदौ १९ । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५१ औँ तथा १६०औँ मोती जयन्ती विशेष रचना वाचन विद्युतीय प्रसारबाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सहजकर्ता र अध्यक्षता संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलबाट गरिएको र प्रमुख अतिथिमा कविवर डा. बमबहादुर थापा जिताली, विशिष्टमा कलानिधि दाहाल, गोविन्दप्रसाद घिमिरे वेदमणि, गणेश आत्रेय, हरि खनाल, गङ्गा लिगल, समीक्षक पुरुषोत्तम सिग्देल हुनुहुन्थ्यो ।
आज प्रस्तुत भएका रचनाहरू प्रस्तुत गर्नेहरूमा – १. कलानिधि दाहाल – मोतीमा शुभकामना – वर्षामास – अनुष्टुप् २. बमबहादुर थापा जिताली – फर्कन्छु आफ्नै घर – शार्दूलविक्रीडित ३. गणेश आत्रेय – द्रुतविलम्बित – मोतीराम ४. पुरुषोत्तम सिग्देल – गजल – विधाता ५. गङ्गा लिगल-मुक्तक ६. हरि खनाल ७. लक्ष्मीप्रसाद मिश्र – छोरा मर्दा – सुसेली र लोकछन्द ८. गोविन्दप्रसाद घिमिरे वेदमणि – फर्कन्छु आफ्नै घर र गजल – शार्दूलविक्रीडित र भुजङ्गप्रयात ९. दुर्गाप्रसाद सिग्देल – व्याधा र विप्रावती – शार्दूलविक्रीडित हुनुहुन्थ्याे ।
त्यसै गरी १०. राचन्द्र न्यौपाने वनबासी – बिडम्बना – अनुष्टुप् ११. शारदा कार्की – फिऱ्यो वर्षा आयो – शिखरिणी १२. जगदीश्वर पोखरेल – रहून् हाम्रा मोती अति चहकिला भानु जसरी – शिखरिणी १३. ललिता खरेल- अत्याचार बढेपछि- स्वतन्त्र १४. बिनुबाबा घिमिरे – छैन कोही मलामी – शालिनी १५. सुधा बास्कोटा – मोतीराम- गजल १६. चन्द्रा न्यौपाने- मोतीराम- सुसेली र असारे झ्याउरे १७. डा. सीता सुवेदी-कवितालाई आह्वहान- अनुष्टुप् १८. द्वारिका कुइकेल- भट्टीमा जाऊँ शीर्षकका रचना वाचन गर्नु भएको थियो ।
वाचित रचनाहरूको संक्षिप्त टिप्पणी पुरुषोत्तम सिग्देललेले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो ।
०००
जगदीश्वर पोखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































