फित्काैली डटकमछन्द कवितासङ्ग्रह`काव्यशतक´ लाेकार्पण
मधेसी आयोगका अध्यक्ष माननीय श्री जीवछ साहको प्रमुख आतिथ्यमा दर्जनौँ कविहरूले लेख्नु भएको `काव्यशतक´ सङ्ग्रह विमाेचन गरिएकाे हाे ।

सप्तरी, २०८२ असोज ११ । साहित्यकार बाबुराम पोखरेल र सुरेशकुमार पोखरेलद्वारा संयुक्त रूपमा आयोजित समाराेहमा छन्द कवितासङ्ग्रह लाेकार्पण गरियाे ।
रूपनगर स्थित श्री नन्दराज सङ्ग्रौला क्याम्पस रुपनगर सप्तरीको सभाकक्षमा मधेसी आयोगका अध्यक्ष माननीय श्री जीवछ साहको प्रमुख आतिथ्यमा दर्जनौँ कविहरूले लेख्नु भएको `काव्यशतक´ सङ्ग्रह विमाेचन गरिएकाे हाे । उक्त कार्यक्रमको अध्यक्षता बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष श्री मेघराज पौड्यालले गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. श्री लेखराज खतिवडाले काव्यको समीक्षा गर्दै नेपाली मौलिक भाषा र संस्कृतिको संरक्षण गर्ने एक मात्र बलियो क्षेत्र भनेकै साहित्य हो । यस क्षेत्रको विकास र संरक्षण गर्न हामीलाई हम्मेहम्मे परिरहेको अबस्थामा हाम्रा भाषाप्रति विदेशीहरूको आकर्षण बढेको र यो काव्यशतकले नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो।
समाराेहमा बाबुराम पोखरेलले “लाखौँ खर्चेर सुनको गहना लगाएर सुन्दर बन्न सकिन्छ तर सुगन्धित हुँदैन ! सुगन्धित त केवल दुई सयको सेन्टले पुग्छ भने जस्तै थोरै शब्दको प्रयोगबाट अमूल्य सुन्दरता सहितको बास्ना साहित्य भित्र लुकेको हुन्छ भन्नु भयाे ।
समारोहमा उक्त कृतिको विमोचन साहित्यकार सुरेशकुमार पोखरेलका पिता उद्धवप्रसाद पोखरेल माता श्रीमती दुर्गादेवी पोखरेल र फूपू, अग्रज निवर्तमान प्रधानाध्यापक श्री तिर्थराज पोखरेल, अग्रज समाजसेवी श्री नन्दलाल संग्रौला, शाखा अधिकृत सुबोध आचार्य, वडा अध्यक्ष देवी बहादुर खत्री, प्राध्यापक श्री पेशल कुमार जोशीसहित दश जनाबाट संयुक्त रूपमा गरिएको थियो।
उक्त समारोहमा विराटनगरका कवि जीवन काश्यप, धरानका कवि मचिन्द्र खत्री, उदयपुरका हरिशरण खतिवडा, सप्तरीका रोमा लम्साल, मेघराज पौड्यालबाट कविता बाचन गरिएको थियो।
प्रकाशक अधिवक्ता श्री सुरेश कुमार पोखरेलबाट संचालित उक्त कार्यक्रममा सुरेशकुमार पोखरेलका पिता श्री उद्धवप्रसाद पोखरेल माता श्रीमती दुर्गादेवी पोखरेल र फूपु दिदी, समाजसेवी देवनारायण श्रेष्ठ, विमला श्रेष्ठ, जीत बहादुर विश्वकर्मा, नन्दलाल विश्वकर्मा, पत्रकार उत्तम आचार्य र समाजसेवी मदन आचार्यलाई सम्मान गरिएको थियो।
०००







































धन्यवाद फित्कौली !