फित्काैली डटकमअभिनव साहित्य समाजको २८४अौं शृङ्खला सम्पन्न
अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको अध्यक्षता र सहकोषाध्यक्ष मेनका पोख्रेल आचार्यको सहजीकरणमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि चर्चित पत्रकार तथा साहित्यकार रोचक घिमिरे हुनुहुन्थ्यो

काठमाडाैं, २०८२ असाेज २५ । भैरव स्मृति भवन, नयाँबस्ती, जोरपाटीमा आयोजित कार्यक्रममा अभिनव साहित्य समाजको २८४अौं मासिक शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा “अभिनव कमला सङ्घर्षशील नारी पुरस्कार” वितरण तथा अभिनवका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित “अन्तर्मनका तरङ्ग” कथासङ्ग्रहको विमोचन विशिष्ट व्यक्तित्वहरूबाट सामुहिक रूपमा गरिएको थियो ।
अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको अध्यक्षता र सहकोषाध्यक्ष मेनका पोख्रेल आचार्यको सहजीकरणमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि चर्चित पत्रकार तथा साहित्यकार रोचक घिमिरे हुनुहुन्थ्यो भने विशेष अतिथिमा गोकर्णेश्वर नगरप्रमुख दीपक रिसाल, उपप्रमुख- सान्नानी लामा, उपाध्यक्ष विमल अर्याल लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा “कमला सङ्घर्षशील नारी सम्मान २०८२” सिन्धुपाल्चोकका पुराणवाचिका भगिनीद्वय सरस्वती चौंलागाईं “साकम्भरी” र गार्गी चौंलागाईं “साम्भवी”लाई दोसल्ला, सम्मानपत्र र नगद २५ हजार संयुक्त रूपमा विशिष्ट व्यक्तित्वहरूबाट अर्पण गरियो ।
पुरस्कारको स्थापनाका विषयमा गोविन्द घिमिरे वेदमणिले विमल अर्यालले आफ्नी काकीआमा स्व. कमला अर्यालको नाममा रू. ५ लाखको अक्षयकोष राखेर स्थापना गर्नुभएको चर्चा गर्दै संस्कृत छात्रावासमा भएको आफ्नो अन्तर्वार्ताका कटु प्रसङ्ग पनि सुनाउँदै पुरस्कृत पुराणवाचिका व्यक्तित्वद्वयको सामान्य परिचय र बधाइ तथा शुभकामना पनि दिनुभयो ।
विमल अर्यालको आजै विमोचन हुनै लागेको कथासङ्ग्रहको बारेमा पनि थोरै परिचय दिनुका साथै विमलजीलाई बधाइ र शुभकामना दिनुभयो ।
कार्यक्रममा विमल अर्यालको कथासङ्ग्रह” अन्तर्मनका तरङ्ग ” र अभिनवप्रभाको विजय चालिसे विशेषाङ्कको सामुहिक विमोचन पनि गरियो । विमोचित “अन्तरमनको तरङ्ग” माथि महेश्वर खनालले संक्षिप्त चर्चा गर्नुभयो ।
पुरस्कृत व्यक्तित्व गार्गी चौंलागाईं “साम्भवी” ले आफ्नो मन्तव्यमा कविशिरोमणि लेखनाथको बुद्धिविनोदका २ श्लोकलाई आधार बनाएर अध्यात्मप्रति केही विचार व्यक्त गर्नुभयो । उपमेयर सान्नानी लामाबाट छोटो शुभकामना र बधाइ मन्तव्य दिनुभएकाे थियाे ।
विमल अर्यालले सबैप्रति आभार अर्पण गर्दै श्रोताहरूलाई यो विमोचन कार्यक्रममा उपस्थित भैदिएर मेरो उत्साह बढाइदिनुभएको छ भन्नुभयो । नगरप्रमुख दीपक रिसालले गोकर्णेश्वर क्षेत्र रमेश विकल, भैरव अर्यालजस्ता साहित्यिक प्रतिभाहरूको उर्वर थलो भएकाले यसको साहित्यिक उत्थानमा यो नगरपालिका उदार बन्न प्रयत्नरत रहेको छ भन्दै हाम्रो देशप्रति विदेशी हस्तक्षेप भएको सङ्केत दिंदै साहित्यकारहरूले नै यथातथ्य लेखेर देश बचाउन सक्ने र साहित्यिक कार्यक्रमहरू अझै बाक्लै हुनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि रोचक घिमिरेले पुरस्कृत भगिनीद्वयलाई हार्दिक बधाइ दिंदै पुराणवाचनका क्रममा तुलसीदासका उदाहरण दिनुभन्दा आफ्नै देशका साहित्यकारहरूको उदाहरण दिनु उचित हुने भन्नुभयो । गोकर्णेश्वर नगरपालिका विशेष साहित्यिक प्रतिभाहरूको थलो भएको र अभिनवले साहित्यिक विकासमा धेरै राम्रो भूमिका गर्दै रहेको बताउनुभयो।
कार्यक्रममा उपस्थित निम्न स्रष्टाहरूद्वारा कविता, गजल, मुक्तक, ताङ्का, भजनहरू प्रस्तुत गरिएका थिए । वाचन गर्नेहरूमा चेवन बस्नेत ठूलाघरे, ढुण्डीराज पोख्रेल, मेघराज ढकाल, मधुसूधनप्रसाद घिमिरे- (कविता, उपजाति छन्दमा),बुद्धिसागर पौडेल – (गद्यकविता ),सरिता दुलाल घिमिरे – (गजल), आल्फी फोहेन फाक्लुप्पा- गजल, दिवाकर न्यौपाने-(शुभकामना कविता लयमा), ठाकुरप्रसाद खतिवडा- “अति” (कविता,अनुष्टुप् मा, प्रकाश बस्नेत गफाडी- (मुक्तक ३ वटा), कृष्णप्रसाद पौड्याल जस्ताघरे- कविता (“मेरो देश दलाल भ्रष्ट खलका चाट्ने कसौंडी नहोस्”) शार्दूलविक्रीडितमा, महेश्वर खनाल- (कविता “भट्टीमा जलेको आमाको चूलो” वसन्ततिलकामा), खोलाघरे साहिंलो-( कविता” सर्वोच्च अदालतलाई निसाफ” शार्दूलविक्रीडितमा, सुशील आचार्य (कविता- तिहार), वासु पौडेल- (कविता “सुन्दरीजल..” , शार्दूलविक्रीडितमा) थिए।
त्यसैगरी सीताराम पोख्रेल- (तिहारको शुभकामना गीत,लोकलयमा), विजयध्वज थापा- (“अति नगर” गद्यकविता), भवानी सापकोटा (“आमा” गद्यकविता ), जीके खडेरी – (केही ताङ्काहरू), अप्सरा ढकाल-(एउटा मुक्तक), (- गजल”देख्दैछु मन्द हाँसो.सुन्दर अधर छ…), सृजन नेपाल- (कविता छोराको बिदा- लोकलयमा), घनश्याम प्रसाईं -(सँगिनी लयमा भजन), लगायतले सिर्जना वाचन गर्नु भएकाे थियाे ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































