साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सङ्गम मकवानपुरकाे सत्रौँ अधिवेशन सम्पन्न

साहित्य सङ्गम मकवानपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सत्रौँ अधिवेशन मार्फत् डिबी बर्तौलाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

Nepal Telecom ad

हेटौँडा, २०८२ असोज हेटौँडा । साहित्य सङ्गम मकवानपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सत्रौँ अधिवेशन मार्फत् डिबी बर्तौलाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

शुक्रबार भएको एक कार्यक्रममा मनोज पोखरेल उपाध्यक्ष, रजनी पौडेल सचिव, संजित श्रेष्ठ कोषाध्यक्ष, भवानी तिमल्सिना सहसचिव चयन हुनु भएको हो । यस्तै सदस्यहरूमा कमल नेपाल, मिथिला अधिकारी, विधान आचार्य, विविशा रुम्बा रहनु भएको छ ।

सर्वसम्मत चयन भएको यस समितिमार्फत् अक्षकोषमा वृद्धि गरी १५ लाख पुर्‍याउने, सदस्यता बढाउने तथा अघिल्ला कार्यक्रमहरूलाई निरन्तरता दिँदै उत्कृष्ट कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष डीबि बर्तौलाले जानकारी दिनुभयो ।

निर्वाचन समिति संयोजक तुलसी घिमिरेले साहित्य सङ्गमले नयाँ पुराना साहित्यकारहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

समिति सदस्यहरू निमेष निखिल, सुवास खनाल, शान्ति प्रियवन्दना र रामचन्द्र भण्डारी रहनु भएको थियो भने निखिलले समितिमार्फत् नवचयन भएकाे कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा स्रष्टाद्वय नवराज शर्मा र तीर्थदेवी सिलवाल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पत्रकार सुजन ढकाल, ज्ञानोदय बालबाटिका मावि र गणेश लामा विज्ञान पुरस्कारबाट कक्षा १२ का उत्कृष्ट विद्यार्थी रिभिसन हुमागाईँ र इ प्लानेट प्रालिलाई सम्मान गरियो ।

कार्यक्रममा सचिव र कोषाध्यक्षको प्रतिवेदन पेश गरियो भने स्रष्टाहरू ऋषिराम पोखरेल र रामकुमार एलनले आआफ्ना रचनाहरू समेत वाचन गर्नुभयो ।

हेटौँडा पार्टी प्यालेसमा आयोजित कार्यक्रम उद्घाटन सत्र र पदाधिकारी चयन गरी दुई चरणमा सम्पन्न भएको हो ।

०००
संप्रस पाैडेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x