फित्काैली डटकममनोहराको १०६ औँ रचनावाचन शृङ्खला सम्पन्न
सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको र अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि प्रमुख आमन्त्रित र विशेष आमन्त्रितमा अभिनवका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो ।
काठमाडाैं, २०८२ कात्तिक ८ । मनोहरा साहित्य समाजको १०६ औँ रचनावाचन शृङ्खला सम्पन्न भएको छ ।
महाकवि देवकोटाको ११७ अौं जयन्तीसमेतको सन्दर्भ रहेको यो कार्यक्रम सधैंजस्तै ग्लोबल पब्लिक स्कुल टाउनप्लानिङको हलमा भएको थियो ।
आजको काव्यसभाका नायक समितिका उपाध्यक्ष जशध्वज गुरुङ हुनुहुन्थ्यो । सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको र अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि प्रमुख आमन्त्रित र विशेष आमन्त्रितमा अभिनवका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो ।
आफ्नो मन्तव्यको क्रममा प्रमुख आमन्त्रित गोविन्द घिमिरेले साहित्यकार र साहित्यिक संस्थाहरूप्रतिको पार्टीहरू र नेतागण, प्रशासनको रवैयाबारे, महाकवि देवकोटाबारे पनि केही वास्तविक विचार राख्नुभयो ।
स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले मनोहरा साहित्य समाजको स्थापनाको स्मरण र वृद्धहरूको वर्तमान समस्याबारे मन्तव्य दिनुभएको थियो ।
रचनावाचनको शुरु गर्नलाई स्वागत मन्तव्य दिंदै उपाध्यक्ष १.जशध्वज गुरुङले – ४ वटा मुक्तक सुनाउनुभयो र यसै क्रममा निम्नानुसार स्रष्टाहरूले छन्दोबद्ध कविता,मुक्तलयका कविता,गजल र गीतसमेत सुनाउनुभएको थियो ।
२.अच्युत घिमिरे, ३.दीनानाथ पोख्रेल, ४.डा.गणेशराजअधिकारी, ५.घनश्याम प्रसाईं, ६.वासुदेव पौडेल, ७.ठाकुरप्रसाद खतिवडा, ८.कृष्णप्रसाद पौडेल जस्ताघरे, ९.दिनेश खरेल, १०. सञ्जय सोती, ११. बलराम विष्ट, १२. धरणीधर गुरागाईं, १३.केशव ज्ञवाली आगत, १४.पदम दाहाल, १५. चेवन बस्नेत ठूलाघरे, १६.बुद्धिसागर पौडेल, १७.रश्मि रिमाल, १८.भुवन शिवाकोटी चौघरे, १९. डा. टीपी बराकोटी, २०.महेश्वर खनाल, २१.अनन्तकुमार बस्नेत, २२.चूडाप्रसाद चौंलागाईं, २३.रत्ननिधि रेग्मी शुक्राचार्य- महाकवि लप्रदे सम्बन्धित कतिपय संस्मरणहरू र “म शून्यमा शून्यसरी बिलाएँ” वाचन,२४..भावना न्यौपाने, २५.सम्पत काफ्ले, २६ अनिल पौडेल कीर्ते, २७.खोलाघरे साहिंलो, २८.भावकेशर बराल, २९. विमल अर्याल ।
यति स्रष्टाले कविता प्रस्तुत गर्नुभयो भने-३०. गोविन्द घिमिरे वेदमणि, ३१.सरिता दुलाल घिमिरे र ३२.सुमन पुडासैनीले गजल प्रस्तुत गर्नुभयो । ३३.मुकुन्दराज शिवाकोटीले गीत सुनाउनुभयो भने शरद् शर्मा, बाबुकाजी कार्की,इन्दिरा कार्की र कपिल अर्याल सभ्य श्रोता हुनुहुन्थ्यो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































