साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानकाे स्रष्टा सम्मान र ९० औँ शृङ्खला 

प्राज्ञ तेजप्रसाद काफ्लेको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि काफ्लेले भेषजराज शर्मा वनारसमा विद्यार्थी जीवनबाट साहित्यिक क्षेत्रमा लाग्नुभएको बताउनु भयाे ।

Nepal Telecom ad

स्याङ्जा, २०८२ कात्तिक ८  । भेषजराज साहित्य प्रतिष्ठानले प्रतिष्ठानका नायक भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा स्रष्टाद्वय अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान र पुरस्कृत गरेको छ भने २०७५ साज जेठबाट सुरु गरेको मासिक नियमित रचनावाचनको ९० औँ शृङ्खला सम्पन्न गरेको छ ।

प्राज्ञ तेजप्रसाद काफ्लेको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि काफ्लेले भेषजराज शर्मा वनारसमा विद्यार्थी जीवनबाट साहित्यिक क्षेत्रमा लाग्नुभएको र उहाँले त्यहाँ पनि साहित्यिक र राजनीतिक नेतृत्व लिनुभएको थियो भन्नेकुरा व्यक्त गर्नुभयो । यसैक्रममा उहाँले भेषजराज शर्मा निर्भीक र स्वाभिमानी कुशल स्रष्टा रहेको बताउँदै उहाँको साहित्यिक, शैक्षिक र राजनीतिक व्यक्तित्वका बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. जगन्नाथ रेग्मीले भेषजराजको शर्माको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पर्दै उहाँ सहज प्रतिभा सम्पन्न प्रसाद गुणयुक्त रचना सृर्जना गर्ने सशक्त स्रष्ट रहेको जानकारी गराउँदै उहाँ देशभक्त, मानवतावादी, निम्न वर्गको पक्षमा साहित्य रचना गर्ने बहुमुखी व्यक्तित्व हुनुहुन्थ्यो भन्ने जानकारी गराउनुभयो । कार्यक्रमका अर्का विशिष्ट अतिथि पुतली बजार प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली साहित्य र भेषजराज शर्मासँगका सन्दर्भहरू प्रस्तुत गर्दै लोकसाहित्यका बारेमा प्रकाश पर्नुभएको थियो ।

कार्यक्रमका अतिथि सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराईले साहित्यका बारेमा चर्चा गर्दै आफ्नो छन्दोबद्ध कविता वाचन गर्नुभयो । यसैगरी पूर्व प्रजिअ मोहनप्रसाद अर्याल, एनआर्यन अमेरिकाका सदस्य उपन्यासकार एकनारायण सुवेदी, गल्याङ प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रे, वालिन नगरपालिका वडा नं. १२ का अध्यक्ष विश्वजङ्ग गुरुङले शुभकामनाका साथै आफ्नो गीत र गजल प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा वडा नं. ८ का सदस्य चोलान्त अर्याल, हुमनाथ पाण्डे, ठाकुरप्रसाद सुवेदी, यदुनन्दन अर्याल, ऋषि कँडेल, लक्ष्मीदेवी गैह्रे, वडा प्रहरी कार्यालय भकुण्डेका सब इन्स्पेक्टर हरिप्रसाद काफ्लेलगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा ढालबहादुर केसी, कविहरू पारीश्वर न्यौपाने, शम्भु अर्याल, लेखनाथ काफ्ले, नारायणप्रसाद रेग्मी, इन्जिनियर पारस रेग्मी, बोधराज न्यौपाने, डोलराज सुवेदी, कमल बगाले, सम्मानित तथा पुरस्कृत स्रष्टाहरू अनन्त अर्याल, अग्निकुमार रेग्मी पल्लव, कवयित्रीहरू दमकुमारी बगाले, मिठु अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे, सुभद्रा रेग्मी लगायतले स्रष्टा भेषजराज शर्माका र आफ्ना मौलिक कविताहरू वचन गर्नु भएको थियो ।

भेषजराज साहित्य प्रतिष्ठनका सचिव श्यामप्रसाद ढुङ्गानाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य दीपक लम्सालले र धन्यवाद ज्ञापन प्रतिष्ठानका सहसचिव कमल बगालेले गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व अग्निकुमार पल्लवकी धर्मपत्नी पार्वती रेग्मीलाई पनि सम्मान गरिएको थियो । विशेष उपस्थितिमा नेपाली काँग्रेस वालिङका सभापति नेत्रप्रसाद पाण्डे र नगर शिक्षा समिति सदस्य भूपराज बगालेको पनि उपस्थिति रहेको थियो ।

०००
श्याम ढुङ्गानाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x