फित्काैली डटकमचन्द्रागिरि साहित्य सराेवरकाे ४७ अैाँ कार्यक्रम देवकाेटा विशेष
हास्यव्यङ्ग्य साहित्यकार नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्य र डा. बालचन्द्र मिश्र, पूर्व वडाअध्यक्ष उत्तम बहादुर राउत विशिष्ट अतिथि रहनुभएका कार्यक्रमकाे अध्यक्षता सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीले गर्नु भएकाे थियाे ।

चन्द्रागिरि साहित्य सरेावरकेा ४७ अैाँ कार्यक्रम देवकाेटा विशेष काठमाडाैं, २०८२ कार्तिक ८ गते साहित्य सराेवरकाे ४७ औँ कार्यक्रम तीनथाना स्थित मुनाल क्लवकाे सभाकक्षमा लक्ष्मीप्रसाद देवकाेटाकाे ११७ अैाँ जन्मजयन्ती भव्यरूपमा सम्पन्न भयाे ।
हास्यव्यङ्ग्य साहित्यकार नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्य र डा. बालचन्द्र मिश्र, पूर्व वडाअध्यक्ष उत्तम बहादुर राउत विशिष्ट अतिथि रहनुभएका कार्यक्रमकाे अध्यक्षता सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीले गर्नु भएकाे थियाे ।
देवकाेटाकाे तस्विरमा पुष्पार्पण गरि प्रारम्भ भएकाे र गाेपीचन्द्र कार्कीकाे स्वागत मन्तव्यपछि कार्यक्रममा देवकाेटाद्वारा रचित विभिन्न सृजना तथा देवकाेटाप्रति समर्पित रचना सिर्जना वाचन भएका थिए । वाचन भएका विधामा कविता, गीत, गजल, हाइकु, साइनाे, खेारिया आदि थिए ।
रचना वाचन गर्ने स्रष्हटारूमा जगन्नाथ तिमिल्सिना, सीताराम नेपाल, सुभद्रा महत, तुलसीराम भण्डारी, उत्तमबहादुर राउत, कृष्णबहादुर कार्की, कृष्ण बस्नेत, माेहनहरि आचार्य, सिर्जना ज्ञवाली, किरण पन्थी, जनार्दन अधिकारी धड्कन, हरिशरण आचार्य, गाेपीचन्द्र कार्की, डा वालचन्द्र मिश्र, नरनाथ लुइँटेल समेत १५ जना हुनुहुन्थ्याे ।
प्रमुख अतिथि नरनाथ लुइँटेलले देवकाेटाकाे जीवन प्रसङ्ग र खासगरी उहाँकाे जीवनकाे अन्तिम क्षणका पीडादायी प्रसङ्गहरूकाे बारेमा प्रवचनात्मक मन्तव्य राख्नु भएकाे थियाे । उहाँले वाचित कविताकाे समीक्षा गर्दै देवकाेटा बितेकाे ६६ वर्ष भए पनि हामी श्रद्धापूर्वक सम्झिरहेका छाैँ, उहाँका रचना सिर्जना पढिरहेका छाैँ, अहिले पनि ती लाेकप्रिय छन् भन्नु भयाे ।
स्रष्टा सीताम नेपाल, जगन्नाथ तिमिल्सिना, डा वालचन्द्र मिश्र, कृष्ण बस्नेत, हरिशरण आचार्य लगायतले देवकाेटाका रचनाहरूकाे सार्वकालिकताका बारेमा समेत चर्चा गर्नु भएकाे थियाे ।
चन्द्रागिरी क्षेत्रका दुइ दर्जन भन्दा बढी साहित्यानुरागीहरूकाे सहभागिता रहेकाे कार्यक्रमकाे सञ्चालन बिमला महर्जन भण्डारीले गर्नु भएकाे थियाे ।
०००
गाेपीचन्द्र कार्कीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































