साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपति बाबा देश बचाऊ

शठजन गर्छन् झुटको खेती देश डुबेको लेश नचेती शठ खललाई पेल पचाऊ पशुपति बाबा देश बचाऊ॥

Nepal Telecom ad

रामशरण न्याैपाने :

बुधजन बिक्छन् देश भुलेका
पद धनतिर छन् धेर सुलेका
भ्रष्ट कपुतमा बुद्धि रचाऊ
पशुपति बाबा देश बचाऊ॥१

शोषण दोहन धेर छ अहिले
छैन भएको योबिधि पहिले
डस्छ हलाहल लौन अचाऊ
पशुपति बाबा देश बचाऊ॥२

परिवर्तनको नाटक खेले
जनताकन झन् बेसरी पेले
उत्तम नेता एक खटाऊ
पशुपति बाबा देश बचाऊ॥३

शठजन गर्छन् झुटको खेती
देश डुबेको लेश नचेती
शठ खललाई पेल पचाऊ
पशुपति बाबा देश बचाऊ॥४

जन्म गराऊ सक्षम नरको
दास नहोउन् कोही परको
पार हवस् यो ढलपल नाउ
पशुपति बाबा देश बचाऊ॥५

०००
रामशरण न्यौपाने, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x