साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म के भएँ

म ठेलिएँ धकेलिएँ रहेन आज त्यो पद बुढेसकालमा अझै नसा र मोह बेहद नलाग्नुपर्दथ्यो ठुला कलङ्क देखिने कुरा बयान भोलि ग्रन्थमा कुँदेर लेखिने कुरा ।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

मभित्र राजनीतिको पुरानु दम्भ चल्दथ्यो
पदस्थ देखिए अरू डहेर नेत्र बल्दथ्यो
उमेर सत्तरी कटेँ अझै छ लालसा उही
सकिन्न शक्तिकेन्द्रमा बसेर देश यो दुही ।१।

म भोट किन्दथेँ सधैँ सराब मासु भातमा
निकाल्दथेँ म खर्च त्यो विशेष एक रातमा
घरेलु कामकाजमा थिए लठेतका दल
चलाउँथे तिनै मिली ठुलो कमाइको भल ।२।

म शक्तिकेन्द्रमा हुँदा विपक्षमा हुने शठ
मिलौँ भनेर आउँथे र बन्दथ्यो ठुलो गठ
जतासुकै लुटाइले भँडार टम्म पार्दथ्यौंं
मिलेर लड्दथ्यौँ सधैँ कहाँ चुनाव हार्दथ्यौँ ।३।

भरेर भाइ बन्धुले ठुला ठुला सबै पद
विना विवेक स्वार्थको हुँदै गएछ बेहद
बुझेन चित्त लोकको उठे विरुद्धमा सब
तुफान त्यो समाल्न नै सकेन दम्भले तब ।४।

सुधार गर्नुपर्दथ्यो गरेन काम बुद्धिले
पखालिएन भ्रष्टता बगेन आत्मशुद्धिले
नसा र सोखले दियो पशुत्व मात्र चित्तमा
बिताइएछ जिन्दगी बनेर मूर्ख वित्तमा ।५।

छँदा अगाडि गाउँमा मकै भुटेर खाइयो
लुगा थिएन आङमा धजो खुटेर लाइयो
परन्तु आज केन्द्रमा बने ठुला ठुला घर
रहेन ख्याल स्रोतको लुकाउने कहाँ डर ।६।

बिके अनेक सम्पदा युवा बिके फटाफट
नदी पहाड बेचिए गरेर झन् घटाघट
विशाल आलिसान यी टलक्क टल्किने घर
बनेर भूतवङ्गला निमोठ्दछन् निरन्तर ।७।

सहेर बस्न सक्छ को सदैव दासता उही
जघन्य राष्ट्रघातका कुचक्र साथमा नुही
युवा उठे र हल्लियो रहेन शान्त यो धरा
बसाल्न देशमा नयाँ विधानको परम्परा ।८।

मरे युवा जताततै नदी बनेर रक्तका
गए जवान ज्यान ती अनन्य देश भक्तका
जले अनेक सम्पदा अमूल्य नोटका बिटा
जताततै छछल्किए झरे अनन्त बाछिटा ।९।

म ठेलिएँ धकेलिएँ रहेन आज त्यो पद
बुढेसकालमा अझै नसा र मोह बेहद
नलाग्नुपर्दथ्यो ठुला कलङ्क देखिने कुरा
बयान भोलि ग्रन्थमा कुँदेर लेखिने कुरा ।१०।

०००
३० असौज २०८२
इलाम नगरपालिका वडा नं ०२ सुम्बेक, इलाम
चाँगुनारायण ०५ भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x