नन्दलाल आचार्यअस्ताउँदो सूर्यको वाचा
उनले अधर टोक्दै बिस्तारै भनिन्- “छठको अस्ताउँदो सूर्य वाचा गर्छ- अस्ताउँछ केवल घाम, आस्था कहिल्यै होइन ।”

नन्दलाल आचार्य :
“सूर्य अस्ताउँदैछ, तर मेरो प्रतीक्षा किन अझै उज्यालो छ ?” युवतीले आत्मकम्पनसँगै भनिन् ।
नदीघाटको पाटो रातले निल्न खोज्दै थियो । उनी स्थिर भएर खडा थिइन्- हातमा दूबो र दीयो थियोे ।
चारैतिर घाटहरूमा दीपहरू जलिरहेका थिए- कुनै तैरिँदै, कुनै डुब्दै पनि थिए । बुढी आमाको स्वर आयो- “छठमा सच्चा मनले मात्र सूर्य भेट्छ ।”
त्यसैबेला एउटा दीप बल्दै-निभ्दै डुब्न खोज्यो । युवतीले पानी छोइन् । दीप एकाएक चम्कियो । यो देखेर बुढी आमाले भनिन्; “डुब्ने दीयो होइन, हाम्रो संशय मात्रै हो ।”
पानीमा तरङ्ग फैलियो । सूर्य जलको सतहमा बिलाउँदै मुस्कुरायो । युवती मौन रहिन्, दीयो अँध्यारो बीच उज्यालो भयो । उनले अधर टोक्दै बिस्तारै भनिन्-
“छठको अस्ताउँदो सूर्य वाचा गर्छ- अस्ताउँछ केवल घाम, आस्था कहिल्यै होइन ।”
०००
२०८२ असोज १० गते, अस्ताउँदो सूर्य पुजन
Subscribe
Login
0 Comments
Oldest








































