साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्ताउँदो सूर्यको वाचा

उनले अधर टोक्दै बिस्तारै भनिन्- “छठको अस्ताउँदो सूर्य वाचा गर्छ- अस्ताउँछ केवल घाम, आस्था कहिल्यै होइन ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“सूर्य अस्ताउँदैछ, तर मेरो प्रतीक्षा किन अझै उज्यालो छ ?” युवतीले आत्मकम्पनसँगै भनिन् ।

नदीघाटको पाटो रातले निल्न खोज्दै थियो । उनी स्थिर भएर खडा थिइन्- हातमा दूबो र दीयो थियोे ।

चारैतिर घाटहरूमा दीपहरू जलिरहेका थिए- कुनै तैरिँदै, कुनै डुब्दै पनि थिए । बुढी आमाको स्वर आयो- “छठमा सच्चा मनले मात्र सूर्य भेट्छ ।”

त्यसैबेला एउटा दीप बल्दै-निभ्दै डुब्न खोज्यो । युवतीले पानी छोइन् । दीप एकाएक चम्कियो । यो देखेर बुढी आमाले भनिन्; “डुब्ने दीयो होइन, हाम्रो संशय मात्रै हो ।”

पानीमा तरङ्ग फैलियो । सूर्य जलको सतहमा बिलाउँदै मुस्कुरायो । युवती मौन रहिन्, दीयो अँध्यारो बीच उज्यालो भयो । उनले अधर टोक्दै बिस्तारै भनिन्-
“छठको अस्ताउँदो सूर्य वाचा गर्छ- अस्ताउँछ केवल घाम, आस्था कहिल्यै होइन ।”

०००
२०८२ असोज १० गते, अस्ताउँदो सूर्य पुजन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x