साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आतङ्क

लुटकाे धनमा खेली उल्टै आराेप- 'भ्रष्ट ऊ' बगाई रक्तकाे नाली अस्पष्टता छ प्रष्ट ऊ राम राम उतातर्फ बगलीमा छुरा यता फैलँदै छन् सयाैँ ढाेँगी जाने सज्जनले कता ?

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

सत्ता आतङ्ककारीका छ अराजकतासँग
जलाउने तथा हान्ने मात्र विध्वंसका मन
कुण्ठा, द्वेष कतै क्राेध प्रतिशाेधी चरित्रका
राेज राेज छ चीत्कार राजनीति दरिद्रका

तर्क निष्पक्षता छैन एकापक्षीय हाे भने
विज्ञ विद्वान् हुँदै हैन बाेल्दछ पक्षमा भने
वकालत गलेकाे छ मनमस्तिष्कमा जहाँ
पाउन्न सत्यले न्याय बन्ला नजीर के त्यहाँ ?

हत्याराे राज्य बन्दैन लाखाैँ जन भुटे पनि
के खाला बाघले घाँस लाैरैलाैरा कुटे पनि
यस्तै यस्तै बने हावी तर्कसाथ कुतर्कका
छैन हर्कत आत्मीय स्वाभिमानी सतर्कता

सन्धाता टिप्पणीकार व्याख्याकार हजार छन्
समालोचकका ताँती आजकाल बजार झन्
तिललाई उठाएर भनाउँछ पहाड हाे
ढिस्काेभन्दा अझै हाेचाे देखाउँछ पहाड जाे

रिसइवी कहाँ साँधूँ के पाऊँ निहुँ खाेजमा
नेपाली सभ्यता गुज्य्राे हाेहल्ला गतिरोधमा
चियाे चर्चा तथा निन्दा अर्काेलाई घटाउँदा
घटिएछ कहाँ जानाेस् ईर्ष्या डाहा बढाउँदा

छैनन् आत्मसमीक्षामा छैन आत्मसमर्पण
नजाने पनि जाने झैँ बनेकाे छ विलक्षण
आफैतर्फ बनेकाे छ जाे अविश्वासकाे घर
खाेजूँ विश्वासकाे तथ्य अर्काेतिर कहाँ छ र ?

डिलपारि कहाँ देख्छ जति उठाउनाेस् शिर
न वा सम्म उता के छ भन्ने गर्छाैँ छ रे ! भिर
विनातथ्य छ आराेप चुत्था चुक्ली छ वाहमा
देश जिल्ला तथा टाेल आफन्त परिवारमा

लुटकाे धनमा खेली उल्टै आराेप- ‘भ्रष्ट ऊ’
बगाई रक्तकाे नाली अस्पष्टता छ प्रष्ट ऊ
राम राम उतातर्फ बगलीमा छुरा यता
फैलँदै छन् सयाैँ ढाेँगी जाने सज्जनले कता ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x