साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाठक रिसायो

माथि छु तलतिर टेकिन्न मलाई चिन्न चस्मा चाहिन्छ म जोसुकैबाट देखिन्न तेरो ठ्यासपु नपढे के भो त कसैको ताबेदारी गर्दिनँ टसका मस पर सर्दिनँ के ठानेको छस् ए पाङ्दुरे मेरो पहुँच छ माथितिर तेरो नपढ्दा म तल झर्दिनँ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

पाठक भनेको
आफ्नो पकेटको रुमाल ठान्दो रहिछस्
सिँगान राल पुछिदिने मान्दो रहिछस्
तिनका बारेमा यति नै जान्‍दो रहिछस्
बोलीका बाँडहरु हान्दो रहिछस्
स्तुति गाउने मात्र छान्दो रहिछस्
लु म स्तुति नि गर्दिनँ
पढ्नै दबाब गर्ने भए अबदेखि पढ्दिkनँ
के ठानेको छस् ए पाङ्दुरे
मेरो पहुँच छ माथितिर
तेरो रालसिँगान नपढ्दा म तल झर्दिनँ ।।
मैले दिएको समाजको योगदानलाई
महत्व नदिने भए यत्रैसित्ति
टसका मस हुन्न
तेरो जुठो साहित्य छुन्न
जहाँ छु त्यहाँबाट
अलिकति पनि पर सर्दिनँ
के ठानेको छस् पाङ्दुरे
मेरो पहुँच छ माथितिर
तेरो नपढ्दा म तल झर्दिनँ ।।

म माथिको माथि नै छु
तँ भन्दा धेरै जाती छु
धाक दिएर पढ्न लाउने भए
तेरा पाठक पनि भड्काउने छु
बारुदको हैन भाषाको बम पढ्काउनेछु
भाषाबाटै तेरा गाला चढ्काउनेछु
तँजस्तालाई तलको तलै लड्काउनेछु
तेरा पाङ्दुरे साहित्यको फाँटमा गहत छर्दिनँ
के ठानेको छस् ए पाङ्दुरे
मेरो पहुँच छ माथितिर
तेरो नपढ्दा म तल झर्दिनँ ।।

अन्तर्वार्ता ठाउँ ठाउँमा दिएको छु
क्रेडिट जति सबै लिएको छु
देशमा गतिलो साहित्यकार भनेर
देखिएको छु
भावको गहिराइमा पोखिएको छु
चाहूँ मात्र न
चाँहे भने कुलपति हुन्छु
करोडपति त छँदैछु
अरबपति हुन्छु
तेरो पढेर के हुन्छ र
मेरो पढ्ने झुन्ड बनाएको छु
बाह बाह भन्नेहरु कमाएको छु
यसका लागि पैँचो लगाएको छु
तिनको स्तुति पद्य लेखाएको छु
माथि पुग्ने बाटो देखाएको छु
तेरो नपढे के भो त
कसैको ताबेदारी गर्दिनँ
टसका मस पर सर्दिनँ
के ठानेको छस् ए पाङ्दुरे
मेरो पहुँच छ माथितिर
तेरो नपढ्दा म तल झर्दिनँ ।।

चटके साहित्य लेखिन्न
फोहोरमा अमृत देखिन्न
म सूर्य हुँ सूर्य
हत्केलाले छेकिन्न
माथि छु तलतिर टेकिन्न
मलाई चिन्न चस्मा चाहिन्छ
म जोसुकैबाट देखिन्न
तेरो ठ्यासपु नपढे के भो त
कसैको ताबेदारी गर्दिनँ
टसका मस पर सर्दिनँ
के ठानेको छस् ए पाङ्दुरे
मेरो पहुँच छ माथितिर
तेरो नपढ्दा म तल झर्दिनँ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x