साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिको खाँचो

पशुपतिको छेउमा खम्बाको छेको लागेर पिसाब गरे बाहेक अन्यत्र इंजार फुकालेकै छैन । मेरो विचारमा पशुपतिकै छेउछाउमा खसेको हुनुपर्छ साँचो । पाउनु हुने महानुभावले तुरुन्त खवर गर्नु भएमा उप-प्रधानमन्त्रीको कुर्चीमा विराजमान गराइने छ।

Nepal Telecom ad

श्यामबहादुर लामा :

पञ्चलाल ! एक पञ्चलाल !! पशुपति जाने होइन ? हिजोसम्म शत्रुवत दृष्टिराख्ने दाजुले स्नेहभाव दर्शाएको देख्दा मलाई पनि खुशी लाग्यो। शिवरात्रीको पावन पर्वमा पशुपति भन्नासाथ मेरो हिन्दुत्व जुर्मुराइहाल्यो । गौशालामा पुगेर कुर्ता सुरुवाल लाएकी बैसालु देखेपछि मेरो हौसला झन् बढ्यो । पशुपति मन्दिरको चक्कर मार्दा त्यही केटीसँग ठक्कर खान पुगियो। मनमनै भोलेबाबाको स्तुति गरें ।

दाजु अगि अगि म पछि पछि नागे बाबाको दर्शन गर्दै हिड्‌यौं। साधुले जादु गरेछ कि कुन्नि हेर्दा हेर्दै आफूले आफैलाई बिर्सिदियौं । वस्त्र विहीन नागाको दर्शनले हामी दुई दाजुभाइ बीचको सम्बन्ध झन् जागा भयो । अब साक्षात ना‌ङ्गी माईको पनि दर्शन तथा स्पर्श गर्न पाए पूरै पवित्र होइन्थ्यो। यही विचारले मन्दिरका कुनाकाप्चा निहार्दै हिड्‌यौं । त्यस्ती भगवती माईको चाहि कतै दर्शन पाएनौ । प्यासी आँखाको प्यास मेट्न नपाएर शान्ति र सत्यको खोजमा भौतारिन लाग्यौं ।

राम मन्दिरबाट उकालो लाग्दा दाजुको आँखा एउटा साइनबोर्डमा परेछ । त्यसमा हिन्दी तथा नेपाली भाषामा लेखिएको थियो- बगलीमारादेखि होशियार । उनले झट्ट पोल्टा छामे । उनको बुद्धिको पोको चोरी भैसकेछ। कुनचाहि दुर्जनले कुन सड्‌को चोन्यो पत्तो भएन । तीर्थस्थलमा पनि चोरी गर्ने कस्ता कोरी होलान् । भएभरको पोका पन्तरा खोलेर हेरियो बुद्धि भेटिएन । पटुका फुकालेर टक्टक्याए । लंगौटी समेत टक्टक्याउँदा पनि फेला परेन । दाजुले लंगौटी फ्कालेर टक्टक्याउँदा मैले चाहि नेपाली नागाको समेत दर्शन पाएँ । म त झन् पवित्र भएँ । उनी चाहि थचक्क बसेर रुन लागे । मैले कति सम्झाउँदा पनि बसेको ठाउँबाट उठेनन् ।

नरुनुस् दाइ, आफ्नो बुद्धि हराए अरूको बुद्धि काम चलाउँला । हरेश नखानुस् । खोजतलास गर्दै गरे कसो नभेटिएला । म प्रहरीलाई सूचना गरेर जाउँछु तपाई खोज्दै गर्नुस् । यति भनेर म बनकालीतिर लागे ।

दाजुको पुरानो बुद्धि हराए पनि नयाँ बुद्धि खुलाउने खाँचो मसँग थियो । त्यसैले म चञ्चल भै रहेको थिएँ। भन्ने नै हो भने नेपालको चौध अञ्चलमा मजति चञ्चल अरू कोही थिएन । केटाकेटीमा गुलेली खेल्ने निहुँले मनको उजेली मेट्न हिँडेजस्तै थिएँ म ।

प्रफुल्ल भएर बनकालीको चारैतिर आँखा दौडाएँ। बनकालीमा मनखाली पारेर एकछिन रुखमुनि बसेर थकाइ मारे । ऐंसेलुको झाँगमुनि दुईजना वैसालु युवायुवती बसिरहेका थिए । दुबैका अनुहार राताराता थिए । आँखा लोलाएका जस्ता देखिन्थे । नेपाली तीर्थयात्रीलाई जरो आएको होला भन्ठानेर सिटामल खान दिए। उनीहरू त मेरो औषधीको खिल्ली उडाउँदै एकापसमा हेरेर मस्किए । जवानीको तेजले गर्माइरहेका रहेछन्। के को जरो आउँथ्यो विटीमल र ठिटामलले आफै तातेका बेलामा मेरो सिटामलको किन वास्ता गर्थे।

मैले सोचे यिनीहरू हनिमून मनाउन लागेका व्याउला र व्याउली होलान् । के हुन्थ्यो हनिमून रिहर्सल गर्न बसेका उरन्ठेउला र उरन्ठेउली पो रहेछन् । शिवले आश्रम जमाउको क्षेत्रमा एकछिन शुद्ध मनले विश्राम गर्न पाइएन । कामदेवको अगाडि वामदेवको केही लाग्दैन भन्छन्, झन् मलाई किन शान्ति हुन्थ्यो । रोमाञ्चकारी दृष्य देखेपछि म त हेन्यहिन्यै भएँ।

एकछिन रमितामा लागेर अलमलिएको त मेरो साँचो पनि हराएछ । बगलीमाराले चोरेको भए पैसा पो चोर्यो। साँचो चोरिएको अहिलेसम्म थाहा छैन । थोत्रो बाकसको पुरानो साँचो भए त खाँचो पर्ने थिएन । सुनौलो साँचो हरायो । कस्तो लाजमर्नु भयो । दाजुको मन्द बुद्धिको बन्द बाकस खोलुला भनेको त हावा खाइहाल्यो नि । म माथि ठूलो वज्रपात भयो । एक्लै बसेर धुरुधुरु रोएँ। जति रोएपनि साँचो फर्केर आएन ।

हामी दुई दाजुभाइलाई सढिसातको दशाले छोएछ यसपालि । दाजुको महान बुद्धि हरायो । प्रहरी थानामा सहयोग माग्न गएको त निवेदननै दर्ता गरेन । हराएको सबुत प्रमाण भए मात्र कारवाही गर्न मिल्छ भनेकोले गोरखापत्रमा सूचना दियौं ।

हाम्रा आदर्णीय दाजुको बुद्धि हिजो शिवरात्री मेला भर्न जाँदा हराएको हुँदा पाउनुहुने महानुभावले तुरुन्त खवर गर्नु भएमा मिलीजुली सरकारको प्रधानमन्त्रीमा आजै सपथग्रहण गराइने छ । सोही दिन सरकार हाँक्ने मेरो सुनौलो साँचो पनि हराएको छ । जालीहरू मलाई नै गाली गर्दै ताली बजाएर भन्छन्- तेरो फाली जत्रो साँचो गुहे नालीमा खस्यो । सुरुवालको इँजारमा गाँठो पारेको साँचो कसरी गुहुमा खस्छ ? त्यसदिन म चर्पीभित्र पसेको छैन। पशुपतिको छेउमा खम्बाको छेको लागेर पिसाब गरे बाहेक अन्यत्र इंजार फुकालेकै छैन । मेरो विचारमा पशुपतिकै छेउछाउमा खसेको हुनुपर्छ साँचो । पाउनु हुने महानुभावले तुरुन्त खवर गर्नु भएमा उप-प्रधानमन्त्रीको कुर्चीमा विराजमान गराइने छ।

गोरखापत्र (शनिबार) (२०५२ भदौ १७ गते)

०००
हास्यव्यङ्ग्यविनाेदी कथा (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्रष्टाचाराय नमः

भ्रष्टाचाराय नमः

श्यामबहादुर लामा
आफ्‌नो मान्छे

आफ्‌नो मान्छे

श्यामबहादुर लामा
नवीकृत नवयुवा

नवीकृत नवयुवा

श्यामबहादुर लामा
बण्डापत्रको भण्डाफोर

बण्डापत्रको भण्डाफोर

श्यामबहादुर लामा
कालेकाले मिलेर खाऊँ भाले

कालेकाले मिलेर खाऊँ भाले

श्यामबहादुर लामा
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x