साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको आख्यान वाचनमा १७८ औँ शृङ्खला

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रमको प्रमुख अतिथि कथाकार तथा नियात्राकार महेन्द्र चालिसे हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र उद्धव रायमाझी हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ कार्तिक १५ । सुरभि साहित्य प्रतिष्ठानको १७८ औँ शृङ्खलाको आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रमको प्रमुख अतिथि कथाकार तथा नियात्राकार महेन्द्र चालिसे हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र उद्धव रायमाझी हुनुहुन्थ्यो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८, बेँसीगाउँको ढोल्खाधारो कुटीमा हरेक महिनाको तेस्रो शनिबार दिउँसो १ बजे नियमित सञ्चालन हुने यो कार्यक्रममा स्वागत मन्तव्य आलोक चालिसेले गर्नुभएको थियो ।

यस १७८ औँ शृङखलामा सरिता दुलाल घिमिरे, सुशील आचार्य, रञ्जना पराजुली लम्साल, शारदा पराजुली, दिवाकर न्यौपाने, महेन्द्र चालिसे र परशुराम पराशरले कथा तथा लघुकथा वाचन गर्नुभएको थियो । प्रतिष्ठानका कार्यसमिति सदस्य आलोक चालिसेले मधुसूदनप्रसाद घिमिरेको प्रकाशित पुस्तकबाट लघुकथा वाचन गर्नुभएको थियो ।

यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि चालिसेले कार्यक्रममा कार्यसमिति सदस्याहरूको नै पूर्ण उपस्थिति नभएको देखिन्छ । यसका लागि विशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै कुनै कार्यक्रम २/४ घण्टाको दुरीमा गएर गर्ने, त्यसका लागि बसको व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसो गरेमा उपस्थिति देखिने थियो कि भन्नुभयो । साथै उहाँले नियमित कार्यक्रममा अतिथि, प्रमुख अतिथि राखिरहनु नपर्ने कुरा पनि उठाउनुभएको थियो ।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेको यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो । बिस जनाभन्दा बढीको उपस्थिति भएको यो कार्यक्रम उत्कृष्ट रहेको थियो ।

०००
परशुराम पराशरको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x