साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री रामगीतावाङ्मय मन्दिर नेपाल–अमेरिकाद्वारा पुरस्कारका लागि कृति आह्वान

अमेरिका । श्री रामगीतावाङ्मय मन्दिर नेपाल–अमेरिकाद्वारा पुरस्कारका लागि कृति आह्वान गरिएको छ।

Nepal Telecom ad

अमेरिका । श्री रामगीतावाङ्मय मन्दिर नेपाल–अमेरिकाद्वारा पुरस्कारका लागि कृति आह्वान गरिएको छ।

मिति २०८० वैशाख १० गतेको घोषणा बमोजिम स्थापना गरिएका चार विभिन्न पुरस्कारहरूमध्ये प्रत्येक जोर वर्षमा समर्पण गरिने साहित्य लेखनतर्फको ‘प्रतीक ढकाल लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि २०८० र २०८१ सालमा प्रकाशित कृतिहरूको मूल्याङ्कनका लागि कृति–दर्ता आह्वान गरिएको हो।

नाट्य कर्मतर्फको ‘अशेष मल्ल सावित्री नाट्यकर्म पुरस्कार’का लागि पनि २०८० र २०८१ सालमा प्रकाशित नाट्य कृतिहरुको मूल्याङ्कनका लागि कृति दर्ता आह्वान गरिएको छ। यो पुरस्कार नाट्यकर्मसँग सम्बन्धित भएकोले नाट्यक्षेत्रमा योगदान दिनुहुने प्रतिभालाई मात्र प्रदान गरिनेछ।

इच्छुक स्रष्टा वा प्रकाशकले २०८२ साल मङ्सिर मसान्तभित्र देहायको ठेगानामा आफ्ना सबै विधाका कृतिहरू ४–४ प्रतिका दरले दर्ता गराउनसस्न्थाले आह्वान गरेको छ। दुवै पुरस्कारको राशि नेपाली रुपैयाँ ५०,००० र सम्मानपत्र रहेको छ।

नेपालमा पुस्तक दर्ता गर्ने सम्पर्क स्थानः

पेज टर्नर प्रालि, बागबजार, काठमाडौं
(सिटीम्याक्स सिनेमा भवनको पहिलो तला) कोठा नं. २०६
फोन मोबाइल ९७७–१– ५९१३७७१
९८५१२३६६२३ – जयराम तिमल्सिना

निरज दाहाल- ९८६१८५६८१६) ,
महेश पौड्याल– ९८५१२४५१००
भवानी खतिवडा– ९८४९२३९८७३

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x