फित्काैली डटकमसुसेली फाउन्डेसनको ७१अौं शृङ्खला सम्पन्न
कार्यक्रमको अध्यक्षता फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भँमरकोटेले गर्नुभयो भने विशेष उपस्थितिमा कविवर कलानिधि दाहाल, डा. शैलेन्दुप्रकाश नेपाल, चन्द्रा नेउपाने, सुरेशचन्द्र घिमिरे लगायत हुनुहुन्थ्यो ।
काठमाडाैं, २०८२ कार्तिक १५ । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको ७१अौं भर्चुअल प्रस्तुति आज सम्पन्न भएको छ ।
सुशीला ढकाल अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भँमरकोटेले गर्नुभयो भने विशेष उपस्थितिमा कविवर कलानिधि दाहाल,डा. शैलेन्दुप्रकाश नेपाल,चन्द्रा नेउपाने,सुरेशचन्द्र घिमिरे लगायत हुनुहुन्थ्यो ।
प्रस्तुत भएका सुसेलीहरूमा कलानिधि दाहालले समालोचनात्मक टिप्पणी गर्नुभएको र चन्द्रा नेउपानेले सोको प्रतिरक्षात्मक मन्तव्य दिनुभएको थियो । डा.शैलेन्दुप्रकाश नेपालले दिनानुदिन विकसित हुँदै गएको सुसेली विधाको विशेषाङ्क काभ्रेको “जनमत” पत्रिकाले प्रकाशन गर्न लागेको र “हिमाली सौगात”ले पनि सुसेली विशेशाङ्क प्रकाशन गर्न रचनाहरू सङ्कलन गर्दै गरेको बताउनुभयो ।
अध्यक्ष दुर्गा अधिकारी भँमरकोटेले सुसेलीप्रति अपनत्व राख्ने मित्रगणबाट आएका आलोचनात्मक सुझावहरूले नै सुसेलीको हित गरिरहेका बताउनुभयो र वास्तवमा आफ्नाले नै आफ्नो हित गर्छन् भन्नुभयो । सबैलाई धन्यवाद दिने क्रममा उहाँले हरिबोधिनीएकादशी,बेमौसमी वर्षा र जेन्जीसम्बन्धी ससेलीहरू सुनाउनुभयो थियो ।
सङ्गीता खरेलको सुसेलीवाचनबाट आरम्भ भएको आजको वाचनका सहभागीहरूमा- सुरेशचन्द्र घिमिरे,घनश्याम पौडेल,जानुका थापा रायमाझी,खोलाघरे साहिंलो,कल्पना भट्टराई, विश्वनाथ ढुङ्गेल,सविता केसी हुनुहुन्थ्यो ।
स्वतन्त्र प्रस्तुति भनिए तापनि विश्वनाथ ढुङ्गेलले आजको हरिबोधिनी एकादशी सम्बन्धी र जानुका थापा रायमाझीले हरिबोधिनी र स्वतन्त्र सुसेलीहरू समेत सुनाउनुभयो । त्यसरी नै सुरेशचन्द्र घिमिरे र कल्पना भट्टराईले अहिलेको बेमौसमी वर्षातका सुसेलीहरू सुनाउनुभयो भने चन्द्रा नेउपानेले दुवै भावका सुसेलीहरू सुनाउनुभएक थियो ।
संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले आजको प्रस्तुति विशेष रहेकामा खुशी लागेको छ भन्दै सभानायकले सधन्यवाद सभाको समापन गर्नुभएको थियो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































